२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडबाडको मुखमा अनलाइन ठगीको बिगबिगी: सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी

अ अ+ अ-

काठमाडौँ । बडादसैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढेका छन् । 

सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय अनलाइन सपिङको मोह बढ्दै जाँदा प्रविधिलाई दुरुपयोग गर्दै ठगी गर्ने क्रम पनि ह्वात्तै बढेको छ ।

भौतिक रूपमा पसलमा गएर किनमेल गर्नुको सट्टा घरमै बसेर मोबाइलमार्फत अर्डर गर्ने बानीको फाइदा उठाउँदै अपराधीहरूले टिकटक, फेसबुक र इन्स्टाग्रामलाई मुख्य हतियार बनाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानकाअनुसार गत वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीका उजुरीहरू दिनानुदिन थपिँदै गएका छन् । 

प्रहरीकाअनुसार हालै पोखराका एक पीडितले ‘सन्ध्या कलेक्सन ३५’ नामक टिकटक आइडीबाट सामान किन्ने क्रममा ४ लाख ४२ हजार रुपैयाँ गुमाउनु परेको घटना सार्वजनिक भएको छ । पीडितलाई सामान्य ५ सय रुपैयाँको कुर्था खरिद गर्ने क्रममा ‘अग्रिम भुक्तानी’को प्रलोभन देखाई पटक–पटक रकम ट्रान्सफर गर्न लगाई खाता नै रित्याइएको थियो । सोही घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले धनगढीबाट एक १७ वर्षीय किशोरलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ । 

उनले भने, ‘कुनै पनि व्यक्तिगत सामाजिक सञ्जालको पेज वा टिकटक आइडीमार्फत हुने अस्वाभाविक सस्तो अफरबाट सचेत रहनुहोस् । अनलाइन भुक्तानी गर्दा सकेसम्म डेलिभरी भइसकेपछि मात्र पैसा तिर्ने विधि अपनाउनु सबैभन्दा सुरक्षित हुन्छ ।’

प्रहरीले अनलाइन सपिङ गर्दा विशेष सावधानी अपनाउन र आधिकारिक दर्ता भएका विश्वासिला पोर्टलहरूबाट मात्र सामान खरिद गर्न सुझाव दिएको छ । साइबर अपराधबाट बच्नका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने प्रहरीको भनाइ छ । दर्ता नभएका अनलाइन पसलहरूलाई विश्वास नगर्ने, जथाभाबी अग्रिम रकम नपठाउने र शंकास्पद अफरहरूमा नलोभिने कार्यले मात्र यस्ता ठगीका घटनाहरूलाई न्यूनीकरण गर्न सकिने प्रहरीको निष्कर्ष छ ।  

0 Comments