४ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू

अ अ+ अ-

चितवन । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज देशभर हर्षोल्लासका साथ टीका र जमरा लगाइँदै छ । तर, कतिपय नेपालीले भने चाहेर पनि परिवारसँग बसेर दसैँको टीका लगाउन पाएका छैनन् ।

कोही रोजगारीका कारण घरबाट टाढा छन् भने कोही अत्यावश्यक सेवामा खटिनुपर्ने बाध्यताले परिवारसँग दसैँ मनाउनबाट वञ्चित छन् ।

विशेषगरी स्वास्थ्य, सुरक्षा, सञ्चार, यातायात, सरसफाइलगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले चाडपर्वका समयमा पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । अरूको दसैँ सुरक्षित, सहज र उल्लासमय बनाउन खटिने उनीहरूमध्ये धेरैले आफ्नै परिवारसँग बसेर टीका थाप्न पाउँदैनन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार प्रहरी सेवामा कार्यरत करिब ९० प्रतिशत सुरक्षाकर्मी दसैँमा टीका लगाउन घर जान पाउँदैनन् । उनले भने, ‘सर्वसाधारणले सुरक्षित रूपमा चाडपर्व मनाउन सकून् भनेर हामी परिवारसँग टीका लगाउन पाउँदैनौँ । यो एक(दुई वर्षको कुरा होइन, कैयौँ वर्षसम्म पनि यस्तै अवस्था रहन्छ ।’

संवेदनशील जिल्लाहरूमा अन्य स्थानबाट थप सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाइने गरेको उनले बताए । विशेष जिम्मेवारीमा खटिएका सुरक्षाकर्मीले बिदा पाउँदैनन् भने अन्य कर्मचारीमध्ये पनि सीमित सङ्ख्यालाई मात्र पालो मिलाएर घर पठाइने गरेको उनको भनाइ छ ।

नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीमध्ये पनि धेरैले परिवारसँग दसैँ मनाउन पाउँदैनन् । निजी क्षेत्रमा कार्यरत सुरक्षा गार्डहरूको अवस्था पनि उस्तै छ । गढी सेक्युरिटीका सञ्चालक अश्विन गोलेका अनुसार चाडपर्वमा कतिपय उद्योग तथा व्यवसाय बन्द हुने भएकाले ती स्थानको सुरक्षाको जिम्मेवारी सुरक्षा गार्डमाथि थपिन्छ ।

उनले भने, ‘चाडपर्वका समयमा सुरक्षा व्यवस्थाका लागि थप जनशक्तिको माग हुने गर्छ । त्यसैले धेरै सुरक्षा गार्डले बिदा पाउँदैनन् ।’

स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले पनि दसैँका बेला निरन्तर सेवा दिनुपर्ने हुन्छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। विश्वबन्धु बगालेका अनुसार अस्पतालका करिब ३० प्रतिशत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी दसैँमा पनि सेवामा खटिन्छन् ।

बहिरङ्ग सेवाबाहेक आकस्मिक तथा अन्तरङ्ग सेवा नियमित सञ्चालन हुने भएकाले चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाइकर्मीले बिदा लिन नपाउने उनले बताए । अस्पतालका कर्मचारीले दसैँ र तिहारमा पालो मिलाएर बिदा लिने गरेका छन् । बगालेले भने, ‘बिरामीलाई जुनसुकै समयमा सेवा दिनुपर्ने भएकाले स्वास्थ्यकर्मी सधैँ तयारी अवस्थामा रहनुपर्छ ।’

चाडपर्वका समयमा विशेषगरी नर्सिङ कर्मचारीको जिम्मेवारी बढी हुने गर्छ । नेपाल नर्सिङ सङ्घ चितवनका अध्यक्ष विष्णु अधिकारीका अनुसार करिब ५० प्रतिशत नर्सले दसैँमा बिदा पाउँदैनन् । उनले भने, ‘दसैँ र तिहारमध्ये पालैपालो बिदा मिलाउने गरिन्छ । त्यसैले करिब आधा नर्सले दसैँमा परिवारसँग बसेर टीका लगाउन पाउँदैनन् ।’

स्वदेशमा अत्यावश्यक सेवामा खटिनेहरूको मात्र होइन, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था पनि फरक छैन । रोजगारी, अध्ययन तथा अन्य सिलसिलामा विदेशमा रहेका ठूलो सङ्ख्याका नेपालीले परिवारसँग बसेर दसैँ मनाउन पाउँदैनन् ।

कतिपयले परिवारका सदस्यलाई विदेशमै बोलाएर चाडपर्व मनाउने गरेका छन् भने केहीले बिदा मिलाएर दसैँका लागि नेपाल फर्कने गरेका छन् । तर, धेरैका लागि परिवारसँग दसैँ मनाउने अवसर वर्षौँपछि मात्र जुर्ने गर्छ ।

चार वर्षपछि बुबाआमाको हातबाट टीका थाप्न चितवनको रत्ननगर आइपुगेका विष्णु पौडेल परिवारसँग चाडपर्व मनाउन पाउनु निकै खुसीको क्षण भएको बताउँछन् । उनले भने, ‘विदेशमा बस्ने नेपालीमध्ये थोरैले मात्र परिवारसँग बसेर चाडपर्व मनाउन पाउँछन् । लामो समयपछि घर फर्केर बुबाआमाको हातबाट टीका लगाउन पाउँदा निकै खुसी लागेको छ ।’

यसैगरी सञ्चार, यातायात, सरसफाइ, होटल तथा आतिथ्य सेवा क्षेत्रमा कार्यरत कर्मचारीमध्ये पनि धेरैले परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन् । सेवा निरन्तर सञ्चालन गर्नुपर्ने भएकाले उनीहरूले पालैपालो जिम्मेवारी सम्हाल्ने गरेका छन् ।

यसरी लाखौँ नेपालीले परिवारसँग बसेर दसैँ मनाइरहँदा सुरक्षा, स्वास्थ्य तथा अन्य अत्यावश्यक सेवामा खटिनेहरू भने आफ्नो कर्तव्य निर्वाहमै व्यस्त हुन्छन् । अरूको चाडपर्व सुरक्षित र सहज बनाउन खटिने उनीहरूका लागि दसैँको खुसी परिवारसँगको भेटघाटभन्दा पनि जिम्मेवारी पूरा गर्नुमा सीमित हुने गरेको छ ।

0 Comments