७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडादशैँ समापन नजिकिएसँगै राजधानी फर्किनेको घुइँचोः मुख्य नाकाहरूमा सवारीको चाप

अ अ+ अ-

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैँ समापनको संघारमा पुगेसँगै गृहजिल्ला तथा गाउँघर पुगेर टीका-आशीर्वाद ग्रहण गरेका सर्वसाधारणहरू आफ्नो नियमित कर्मथलो काठमाडौँ उपत्यका फर्किन थालेका छन् ।

दशैँको सार्वजनिक बिदा सकिन लागेकाले काठमाडौँ भित्रिने प्रमुख नाकाहरू कलंकी, कोटेश्वर, बालाजु तथा जगातीतर्फ यात्रुवाहक सवारीसाधन र यात्रुहरूको उल्लेख्य चाप देखिएको हो । दशैँको मुख्य दिन विजयादशमी तथा त्यसपछिका दिनहरूमा मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम जारी रहेकै बेला आइतबारदेखि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र व्यापार व्यवसाय क्रमशः खुल्न थाल्ने भएकाले राजधानी फर्किनेहरूको ताँती लागेको हो ।

विशेषगरी लामो दूरीबाट उपत्यका भित्रिने बस, माइक्रोबस र निजी सवारीसाधनहरूको बाक्लो आगमनले नाकाहरू व्यस्त बनेका छन् । राजधानी भित्रिने प्रमुख पश्चिमी नाका कलंकी-नागढुंगा खण्ड तथा पूर्वी नाका भक्तपुरको जगाती हुँदै कोटेश्वरतर्फ आउने सडकहरूमा सवारीसाधनको लामो लाम लागेको छ । यात्रुहरूको चाप बढेसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाकाहरूमा अतिरिक्त जनशक्ति परिचालन गरी ट्राफिक व्यवस्थापनलाई तिब्र बनाएको जनाएको छ ।

सवारी आवागमन सहज बनाउन तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न जाँच प्रक्रियालाई समेत कडा पारिएको छ । लामो बिदा मनाएर काठमाडौं फर्किने यात्रुहरूले कतिपय स्थानमा भाडादरमा भएको अनियमितता र सडक जामको समस्या भोग्नुपरेको गुनासो गरेका छन् । यद्यपि, ट्राफिक प्रहरीले तोकिएको भन्दा बढी भाडा असुल्ने सवारीसाधनमाथि निगरानी बढाइएको र यात्रु सहायता कक्षहरूलाई सक्रिय राखिएको स्पष्ट पारेको छ ।

दशैँको अवसरमा काठमाडौँ उपत्यकाबाट करिव १५ लाखभन्दा बढी नागरिक बाहिरिएको अनुमान गरिएको थियो । कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने परम्परा रहे पनि नियमित कामकाजमा फर्किनुपर्ने बाध्यताका कारण आगामी दुई-तीन दिनसम्म उपत्यका भित्रिने नाकाहरूमा यात्रु र सवारीको चाप अझै उच्च रहने अनुमान गरिएको छ ।

0 Comments