७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानमाथि नयाँ सैन्य आक्रमण नगर्न क्षेत्रीय र युरोपेली देशको आग्रह, होर्मुज जलडमरूमध्य खुला गर्न आह्वान

अ अ+ अ-

काठमाडौँ । क्षेत्रीय तथा युरोपका आठ देशले इरानमाथि नयाँ सैन्य आक्रमण नगर्न आग्रह गर्दै होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउन आह्वान गरेका छन् । शुक्रवार टर्कीको इस्तानबुलमा भएको आठ देशका विदेशमन्त्रीहरूको बैठकमा इरानमाथि सैन्य कारबाहीको विरोध गर्दै क्षेत्रीय द्वन्द्व थप फैलिन नदिन संवाद र कूटनीतिक पहलमा जोड दिइएको हो । 

बैठकमा क्षेत्रीय चार देश टर्की, इजिप्ट, पाकिस्तान र साउदी अरेबियाका साथै युरोपेली चार देश बेलायत, फ्रान्स, जर्मनी र इटालीका विदेशमन्त्री सहभागी थिए । बन्द कोठामा भएको छलफलपछि टर्कीका विदेशमन्त्री हाकान फिदानले क्षेत्रीय चार देशबीच पहिले छुट्टै सातौँ बैठक भएको जानकारी दिए । उक्त बैठकमा इरानमाथि सम्भावित आक्रमणको खतरा तथा साउदी अरेबियामाथि हुथी विद्रोहीले गरेका पछिल्ला आक्रमणबारे छलफल भएको उनले बताए । 

त्यसपछि युरोपेली देशका प्रतिनिधि पनि सहभागी भएपछि जारी द्वन्द्वका व्यापक प्रभावबारे छलफल गरिएको उनको भनाइ थियो । फिदानका अनुसार क्षेत्रका दुई प्रमुख द्वन्द्व तथा होर्मुज जलडमरूमध्य, बाब अल–मन्देब जलडमरूमध्य र ब्ल्याक सीलगायतका सामुन्द्रिक मार्गमा उत्पन्न खतराले ऊर्जा आपूर्ति, खाद्य सुरक्षा र स्वतन्त्र व्यापार प्रणालीमा गम्भीर असर पारेको छ ।

 यसले विश्वव्यापी रूपमा ठूलो दबाब सिर्जना गरिरहेको उनले बताए । बैठकमा सहभागी सबै देशले द्वन्द्व थप विस्तार हुन नदिन संवाद आवश्यक रहेकोमा साझा धारणा व्यक्त गरेको फिदानले जानकारी दिए । उनले सबै सहभागी देश इरानमाथि सैन्य कारबाही गर्ने पक्षमा नरहेको पनि बताए । यसैगरी, युक्रेन र रुसबीच युद्धविराम तथा व्यापक शान्ति सम्झौता सुनिश्चित गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ । ब्ल्याक सी हुँदै हुने सामुद्रिक आवागमनलाई सुरक्षित र निर्बाध बनाउनु आवश्यक रहेको फिदानले बताए । 

0 Comments