९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ’ : मुख्यमन्त्री शाही

अ अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीय गणतन्त्रपछि कर्णालीका गाउँ गाउँमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार भएको बताएका छन् ।

अदानचुली गाउँपालिका-३ श्रीनगरस्थित आफूले २०४१ सालमा अध्ययन गरेको सूर्योदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनले विगतमा चामल र नुन ल्याउनसमेत कठिन हुने कर्णालीमा अहिले सडक सञ्जाल विस्तार हुनु, गाउँमा बिजुली पुग्नु र नागरिकका हातहातमा मोबाइल हुनु परिवर्तनका महत्त्वपूर्ण उदाहरण भएको भएको स्पष्ट पारे ।

कर्णालीवासीका विगतको जीवनका दु:खपूर्ण दिन स्मरण गर्दै मुख्यमन्त्री शाहीले विगतको अवस्थालाई अहिलेको परिवेशसँग तुलना गर्दै संघीय गणतन्त्रपछि प्राप्त उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।

विगत सम्झँदै उनले भने, “२०४१ सालमा यही विद्यालयमा पढ्दा चामल ल्याउन बाजुराको कोल्टी र मार्तडी जानुपर्थ्यो, बाटोमा भारी बोकेर जान्थ्यौँ र उताबाट चामल ल्याउँदा पनि आफैँ भारी बोकेर आउनुपर्थ्यो ।”

विद्यार्थी जीवनमा मट्टितेलको अभाव हुँदा झरो बालेर पढ्नुपरेको स्मरण गर्दै अहिले गाउँ गाउँमा सडक र विद्युत् पुगेको तथा सञ्चार सेवाको पहुँच विस्तार भएको पक्षलाई सबैले मनन गर्नुपर्ने आवश्यकता मुख्यमन्त्री शाहीले औँल्याए।

उनले भौतिक विकाससँगै सामाजिक क्षेत्रमा पनि परिवर्तन आएको उल्लेख गरे । सामाजिक सम्मान र अधिकारका क्षेत्रमा पनि वर्णनयोग्य सुधार आएको बताउँदै उनले भने, “समाजका सबै जातजाति र समुदायले अहिले सम्मानपूर्वक बाँच्न पाएका छौँ ।”

0 Comments