११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्भावित अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

अ अ+ अ-

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई आग्रह गरेको छ ।

टानले एक सूचना जारी गरी बङ्गालको खाडीमा विकसित भएको ‘अर्नव चक्रवात’का कारण नेपालमा पर्न सक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन सदस्य कम्पनी, पदयात्री तथा पर्यटकलाई आग्रह गरेको हो ।

टानले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार उक्त चक्रवात कात्तिक ११ गते भारतको जमिन भूभागमा प्रवेश गरी कात्तिक १२ गते रातिबाट नेपालमा समेत प्रभाव सुरु हुने भन्दै सतर्कता अपनाउन भनेको छ ।

यही कात्तिक १३ र १४ गते चक्रवातको प्रभावका कारण तराई, चुरे तथा मध्यपहाडी क्षेत्रका विभिन्न भागमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको छ ।

टानले सम्भावित चक्रवातका कारण पर्न सक्ने प्रभावबारे आफ्ना गाइड, सहयोगी र पर्यटकलाई समयमै जानकारी गराएर सोहीअनुसारको पूर्वतयारीको प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

यस्तै, मौसमसम्बन्धी जानकारीका लागि १११५ वा विपद्मा मद्दत माग ०१२३४ वा १०० वा १११४ मा सम्पर्क गर्न सकिने बताएको छ । कात्तिक १३ र १४ गत आधार शिविर (जस्तै: घोराड, लार्के, काड्ला, सारीबुँद, छोला, सूर्यकुण्डलगायतका) र उच्च क्षेत्रका पर्यटकीय गन्तव्य (तिलिचोलगायतका) बाट सुरक्षित स्थानमा पुग्न र कात्तिक १२ बाटै सो क्षेत्रतर्फको पदयात्रा रोकी सुरक्षित क्षेत्रमा नै बस्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

पर्वतारोहणका लागि आधार शिविर जाने क्रममा रहेका सदस्य तथा सहयोगीलाई आगामी शुक्रबार र शनिबारसम्मका लागि आफ्नो यात्रा रोक्न वा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन भनिएको छ । यस्तै, मध्य तथा उच्चपहाडी क्षेत्र तथा नदीतटीय क्षेत्र भएर पदयात्रा गर्दा बाढीको जोखिम भएका खोला तथा नदी आसपासका क्षेत्र र पहिरो संवेदनशील क्षेत्रमा नबस्न र हिँडडुल नगर्न आग्रह गरेको छ ।

टानका अध्यक्ष सागर पाण्डेले बाढी तथा पहिरोका कारण अस्थायी रूपमा मर्मतसम्भार गरी पदयात्राका लागि प्रयोगमा ल्याइएका मनास्लु क्षेत्रका तातोपानी, खोर्लाबेँसी, जगत, सोला, नामरुङलगायतका क्षेत्र, मनाङ क्षेत्रको खोत्रो, कोटो, चामेलगायतका क्षेत्र, म्याग्दी तथा मुस्ताङ क्षेत्रको पोखरेलगायतका क्षेत्रमा रहेका सडक मार्ग, पदमार्ग तथा अस्थायी पुल भएर यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे । 

0 Comments