काठमाडौँ । यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज गाईपूजा गरी मनाइएको छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले गाईलाई लक्ष्मीको प्रतीकका रूपमा मान्दै घरघरमा पूजा आराधना गरेका छन् । तिहारको अवसरमा काठमाडौंको गौशालालगायत विभिन्न स्थानमा गाईलाई माला लगाइदिने, टीका लगाउने तथा मिठा परिकार खुवाएर पूजा गर्ने गरिएको छ ।
घरघरमा समेत गाईलाई लक्ष्मीस्वरूप मानी विधिपूर्वक पूजा गरिएको छ । धार्मिक मान्यताअनुसार गाईमा देवीदेवताको बास हुने र गाईको पूजा गर्दा घरमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास छ ।





