काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत मंगलबारको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
टस हारेको जनकपुर बोल्ट्सले कप्तान हरमीत सिंहको नेतृत्वमा पहिले बलिङ गर्नेछ। मंगलबारको खेल दुवै टोलीका लागि अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसरका रूपमा रहेको छ।
यसअघि पाँच खेल खेलेको सुदूरपश्चिमले तीन जित र दुई हारसहित ६ अंक जोडेको छ। जनकपुरले समान पाँच खेलबाट दुई जित र तीन हारसहित चार अंक प्राप्त गरेको छ।
लगातार दुई खेल जितेको सुदूरपश्चिम विजयी लय कायम राख्ने लक्ष्यमा छ भने पछिल्ला दुई खेलमा पराजित जनकपुर पुनरागमन गर्ने प्रयासमा हुनेछ।





