काठमाडौँ । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ ।
जनकपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २३ बल खेल्दै समान २ चौका र २ छक्का मदतमा सर्वाधिक ३३ रन बनाए । आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १० रन जोडे ।
थरिन्दु रत्नायकेले २८ बल खेल्दै १ चौका र २ छक्का मदतमा अविजित २७ रन बनाए ।
ओपनर सैब जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । यो नै सुदूरपश्चिमको इनिङ्समा उच्च साझेदारी रह्यो । त्यसपछि सुदूरपश्चिमले राम्रो साझेदारी गर्न सकेन भने नियमित अन्तरमा विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन ।
टसका क्रममा सुदूरपश्चिमका कप्तानले १७० रन बनाउने बताएपनि जनकपुरका बलरले सुरुवातदेखि नै दबाबमा राख्दा सुदूरपश्चिम कम स्कोरमै समेटियो ।
जनकपुरका लागि कप्तान हर्मीत सिंहले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १(१ विकेट लिए ।
यसै खेलबाट एनपीएलमा डेब्यु गरेका आइरिस खेलाडी टेक्टरले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चिए ।





