२७ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइतबारको बिदा कायम राख्नुपर्छ, अरू बिदा घटाउनुपर्छ : सांसद कार्की

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले आइतबारको साप्ताहिक बिदा कायम राख्दै अन्य सार्वजनिक बिदाको संख्या घटाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा उनले आइतबार बिदा दिँदा सरकारी कार्यालय खुल्ने समय घटेको निष्कर्ष निकाल्नुअघि साताभरिको कार्यालय समय हिसाब गर्न आग्रह गरेका छन् ।

‘नेपालमा सानामसिना बिदाहरू धेरै छन् । ती घटाउनु पर्छ । तर आइतबारको बिदा ठिक छ,’ कार्कीले लेखेका छन् । उनले कुन-कुन सार्वजनिक बिदा घटाउनुपर्ने हो भन्ने खुलाएका छैनन् ।

तिहारलगत्तै सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कात्तिक २९ गते आइतबार छठको बिदा यसअघि नै तोकिएको थियो । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्पराअनुसार थप एक दिन बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

सातामा कति घण्टा खुल्छन् सरकारी कार्यालय ?
पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सरकारले २०८२ चैत २३ गतेदेखि शनिबारसँगै आइतबार पनि साप्ताहिक बिदा लागू गरेको थियो । सोही निर्णयअनुसार सरकारी कार्यालय र सार्वजनिक निकायको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म तोकिएको छ । कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय बिहान ९ देखि अपराह्न ४ बजेसम्म खुल्छन् ।

राजपत्रमा तोकिएको पुरानो र नयाँ तालिका तुलना गर्दा, थप सार्वजनिक बिदा नपरेको सातामा सरकारी कार्यालय खुल्ने समय हिउँदबाहेक ३९ घण्टाबाट ४० घण्टा पुगेको छ । हिउँदमा भने दुवै तालिकाअनुसार सातामा ३५ घण्टा हुन्छ । पुरानो तालिकामा आइतबारदेखि बिहीबारसम्म बिहान १० बजे कार्यालय खुल्थे र शुक्रबार अपराह्न ३ बजे बन्द हुन्थे । नयाँ तालिकामा सोमबारदेखि शुक्रबारसम्म पाँचै दिन समान समय कार्यालय खुल्छन् ।

0 Comments