२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्नेमा अध्यक्ष दाहालको जोड

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन।

पत्रकार कृष्ण अधिकारीद्वारा लिखित ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकको आज विमोचन गर्दै अध्यक्ष दाहालले अतिवाद त्यागेर कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका हुन् । उनले ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकले मानव जीवनमा कर्म, श्रम, नैतिकता, अनुशासन तथा सामाजिक उत्तरदायित्वको महत्वलाई दार्शनिक र व्यावहारिक दृष्टिकोणबाट उजागर गरेको उल्लेख गरे ।

कृतिले विभिन्न विचारोत्तेजक भावना, ऐतिहासिक कालखण्डका व्यक्तित्वको विचार, विभिन्न सम्प्रदाय, आस्था तथा दर्शनलाई समेटिएको अध्यक्ष दाहालको भनाइ थियो । वैचारिक, दार्शनिक र भावनात्मक पक्षलाई समेटेर तयार पारिएको पुस्तकले व्यक्ति, समाज र राष्ट्र निर्माणमा कर्मको भूमिकालाई विशेष प्राथमिकता दिएको उनले बताए ।

पुस्तकले कर्मलाई केवल व्यक्तिगत सफलता प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभई सामाजिक दायित्व निर्वाह गर्ने आधारका रूपमा व्याख्या गरेको अध्यक्ष दाहालको भनाइ थियो । भौतिक तथा मानसिक श्रम विना जीवन र समाजको विकास सम्भव नहुने उनले बताए ।

अध्यक्ष दाहालले मानिस जन्मिएदेखि मृत्युसम्म कुनै न कुनै कर्ममा सङ्लग्न रहने भएकाले जीवनको प्रत्येक गतिविधि कर्मसँग जोडिएको उल्लेख गरे । गतिशीलता विना विकास सम्भव नहुने र श्रम तथा निरन्तर प्रयासबाट मात्रै व्यक्ति, समाज र राष्ट्रमा सकारात्मक रूपान्तरण ल्याउन सकिने विषयलाई पुस्तकले जोड दिएको उनले बताए ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले समाजको हितका लागि कर्मलाई अगाडि बढाउनुपर्ने बताए । उनले नकारात्मक सोच, घृणा र द्वेष फैलाउने मनस्थितिमा हाम्रो समाज अगाडि बढिरहेको अवस्थामा कर्मवादको ठूलो महत्व रहेको उल्लेख गरे । पछिल्लो समय समाजमा कर्मभन्दा कुरा ठूलो हुने, जिम्मेवारीभन्दा अधिकारको खोजी बढी गर्ने तथा इमानदार प्रयास र निरन्तर परिश्रमभन्दा छोटो बाटोबाट सफलता प्राप्त गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रामेश्वर फुँयालले कर्मवाद, नैतिकता, अनुशासन, परिश्रम र उत्तरदायित्वका विषयमा समाजमा गम्भीर बहस तथा चिन्तन आवश्यक भएको बताए । व्यक्तिको व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन नआएसम्म समाजको समग्र रूपान्तरण सम्भव नहुने उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री एवं साहित्यकार सत्या अधिकारीले कुनै पनि कुरा आफैँमा खराब नभई गलत कर्म खराब भएकाले असल कर्म गर्न सबै लाग्नुपर्ने बताइन् । उनले पढे मात्र कृति सफल हुने भएकाले उक्त कृति सबैलाई पढ्न आग्रह गरिन् ।

नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बाँस्कोटा, भुँडिपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशवप्रसाद पराजुली लगायतले पछिल्लो समय पठन संस्कृति हराउँदै गएकामा चिन्ता व्यक्त गरे। 

0 Comments