३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान काट्न व्यस्त छन् इलामका किसान

अ अ+ अ-

इलाम । इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन् । यस वर्ष समयमा वर्षा भएकाले धान उत्पादन राम्रो हुनुका साथै भित्र्याउने समयमा मौसमले साथ दिएपछि स्थानीय किसान उत्साहका साथ खेतमा खटिएका छन् ।

मौसमले साथ दिएपछि धान काट्न सुरु गरिएको माङसेबुङ गाउँपालिका–३ रतुवाबेँसीका किसान देउकुमार इधिङ्गोले बताए। स्थानीय किसान धान काट्न, सुकाउन, बिटा उठाउने तथा धान थन्क्याउने काममा व्यस्त भएको उनले बताए।

उनले यस वर्ष ४० रोपनीमा धानखेती गरेका छन्। धान पाक्न नपाउँदै चरा–मुसाले खाने भएकाले धान काट्न र थन्क्याउन ढिलाइ गर्न नहुने इधिङ्गोको भनाइ छ । 

स्थानीय किसान हस्तबहादुर पोख्रेलका अनुसार तिहारपछि लगातार घाम लागेपछि धान काट्न स्थानीय किसान व्यस्त भएका छन् । टारी तथा फाँटमा लगाइएका धान पाकेर पहेँलपुर भएपछि किसानलाई यतिबेला धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ ।

जिल्लाको माङसेबङ, चुलाचुली, माई, रोङ गाउँपालिकाका तल्लो क्षेत्रमा लगाइएका धान काट्न थालिएको हो । त्यस क्षेत्रमा धान पाकेर फाँट पहेँलपुर भएका छन् । इलामका किसानलाई कात्तिक अन्तिम सातादेखि मङ्सिरसम्म धान काट्न र थन्क्याउन चटारो हुन्छ । यहाँ अझै पनि परम्परागत तरिकाले धान काट्ने र झार्ने चलन छ ।

वर्षभरिको खाना जुटाउने मुख्य बाली भएकाले परिवारका सबै सदस्य धान थान्क्याउने काममा खटिएका अर्का किसान दिलकुमार लावतीले बताए । “हामीले वर्षभरि खाने मुख्य अन्नबाली धान नै हो । त्यसैले यतिबेला धान थन्क्याउन हामी लागिपरेका छौँ”, उनले भने, “धान थान्क्याएर पुनः अर्को बाली लगाइन्छ ।” यहाँका किसानले खेतको धान भित्र्याएपछि तोरी, फापर, आलु, गहुँ, मकै तथा तरकारीलगायतका खेती लगाउने गर्छन् ।

इलाममा ११ हजार ६२ दशमलव ६४ हेक्टरमा धानखेती हुँदै आएको छ । मुख्य रूपमा इलामको चुलाचुली गाउँपालिका र माई नगरपालिकामा व्यावसायिक रूपमा धानखेती हुँदै आएको छ । अन्य पालिका माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका एवं देउमाई, इलाम र सूर्योदय नगरपालिकाको तल्लो क्षेत्रमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । 

इलामका किसान उन्नत जातको सावित्री, रञ्जितका साथै रैथाने चिराखे, भँगेरे, चुल्ठे, मन्सुली, रामधानलगायत जातका धानखेती गर्ने गरेका छन् । समयमै रोपाइँ सकिएकाले विगतका वर्षभन्दा यस वर्ष धान बढी उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी प्रदीप लुइँटेलले जानकारी दिए ।  

0 Comments