३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखा मनकामना-बादलमाथिको आस्था

अ अ+ अ-

काठमाडौँ । त्रिशूली र मर्स्याङ्दीको संगममाथिको कुहिरो छिचोल्दै जब केबलकारको डब्बा पहाडको टुप्पोतिर उक्लिन्छ, मनमा एउटा अलग्गै शान्ति र कौतूहल जाग्दछ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध मनकामना माईको मन्दिर केवल इँटा र काठको संरचना मात्र होइन, यो पुस्तादेखि पुस्तासम्म फैलिएको विश्वास, संस्कार, र आत्मीयताको जीवन्त संगम हो । बिहानीको चिसो सिरेटो र सेतो कुहिरोको घुम्टो ओढेको पहाडबीचबाट मनकामनाको यात्रा शुरु हुन्छ । 

आकाशमा झुण्न्स्टिेसनमा ओर्लिएपछि रातो सारीमा सजिएका आमा र ढाका टोपी लगाएका बुबादेखि तन्नेरी पुस्तासम्म सबैको अनुहारमा एउटै भाव झल्किन्छ । दर्शनको हतार र मनको पवित्रता। जुत्ता–चप्पल फुकालेर खाली खुट्टा चिसो ढुङ्गामा पाइला राख्नासाथ तीर्थयात्राको वास्तविक अनुभूति शुरु हुन्छ । जुत्तासँगै संसारको थकान बाहिरै फुकालेर जब खाली खुट्टा ढुङ्गे बाटोमा टेक्न पुगिन्छ, मन स्वतः हलुका हुँदो रहेछ । 

मन्दिर पुग्नुअघिको सानो पहाडी बजार आफैँमा एउटा रङ्गिन उत्सव जस्तो लाग्छ । बाटोको दायाँबायाँ झुण्डिएका सयपत्रीका माला, झिलिमिली बत्ती र रातो–पहेँलो कपडाले ढाकिएका पूजाका डालीहरूले यात्रीलाई स्वागत गर्छन् । बजारको उकालो सकिएर जब फराकिलो आँगन खुल्छ, आँखाअगाडि मनकामना भगवतीको चारतले भव्य प्यागोडा शैलीको मन्दिर उभिएको देखिन्छ ।

 बादल र कुहिरोले ढाकेको आकाशमुनि मन्दिरको सुनौलो छाना र माथिबाट झरेको धातुको पताका अद्भुत चमकका साथ टल्कन्छ । मन्दिरको आँगनमा एकातिर शताब्दीऔँ पुरानो विशाल पीपल–वरको वृक्ष छ भने अर्कोतिर कुँदिएका कालो काठका थाम, झ्याल र दलिनहरूले नेपाली काष्ठकलाको गौरवपूर्ण इतिहास बोल्छन्। 

प्रवेशद्वारमा पहरा दिएर बसेका ढुङ्गे सिंह र सूर्य–चन्द्र अंकित पताकाहरू छिचोल्दै भक्तजनहरू घण्ट बजाएर परिक्रमा गर्छन् । कुहिरो जति नै बाक्लो भएपनि मन्दिरको सुनौलो छाना र माईको आँगनमा जम्मा भएको आस्थाको उज्यालो कहिल्यै धुमिलिँदैन ।

0 Comments