३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सम्पन्न, राप्ती तटमा हजारौँको आस्था

अ अ+ अ-

काठमाडौँ । सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिने छठ पर्व समापन गरेका हुन् । 

हेटौँडाको राप्ती नदी तटमा पनि श्रद्धा, भक्ति र उत्साहका साथ छठ मनाइएको छ । दुई-तीन परिवारबाट सुरु भएको राप्ती तटको छठ पूजा ४६ वर्षमा हजारौँ परिवारको साझा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ ।

आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै हेटौँडाको राप्ती नदी तटमा छठ पर्वको मुख्य पूजा गरिएको थियो । 

दिनभर पूजाको तयारीमा जुटेका व्रतालुहरू साँझ पूजाका सामग्रीसहित नदी किनारमा पुगे । उखु, केरा, नरिवल, अदुवा, कागतीलगायतका सामग्रीले सजिएका ढाकी र सुपली लिएर उनीहरूले अस्ताउँदो सूर्यको पूजा आराधना गरे । सूर्यलाई जीवन, ऊर्जा र प्रकृतिको आधारका रूपमा मान्दै गरिने छठ पूजामा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ्य अर्पण गरिन्छ । यही विशिष्ट परम्पराले छठलाई अन्य पर्वभन्दा फरक पहिचान दिएको छ । 

चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्व नहाय-खायबाट सुरु हुन्छ । दोस्रो दिन खरना गरिन्छ । खरनाका दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ विशेष प्रसाद ग्रहण गर्छन् । त्यसपछि सुरु हुने निर्जला व्रतमा पानीसमेत नपिई व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । 

छठका लागि ठेकुवा, भुसुवा, फलफूललगायतका प्रसाद तयार गरिन्छ । प्रसाद तयार गर्दा शुद्धता र पवित्रतालाई विशेष ध्यान दिइन्छ । बाँसका ढाकी र सुपलीमा सजाइएका प्रसाद लिएर परिवार तथा आफन्तसहित घाट पुग्ने परम्पराले यस पर्वलाई पारिवारिक र सामूहिक उत्सवका रूपमा समेत स्थापित गरेको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरू सोमबार बिहानै पुनः राप्ती नदी तटमा भेला भए ।

रातभर उदाउँदो सूर्यको प्रतीक्षामा रहेका उनीहरूले बिहान सूर्यको पहिलो किरणसँगै जल र पूजाका सामग्री अर्पण गरे । 

छठ पर्वको अन्तिम तथा महत्वपूर्ण विधिका रूपमा रहेको उषा अर्घ्य दिएपछि व्रतालुहरूले पारण गरी व्रत समापन गरेका छन् । सूर्यदेव र छठी मैयासँग परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको कल्याण तथा आरोग्यको कामना गर्दै छठ पर्व सम्पन्न गरिएको हो । 

हेटौँडाको राप्ती नदी तटमा छठ पर्वलाई व्यवस्थित बनाउन यस वर्ष सात सय मिटर लामो पण्डाल निर्माण गरिएको थियो । बिहानैदेखि पूजास्थलमा व्रतालु, श्रद्धालु तथा दर्शकहरूको चहलपहल बढेको थियो । गत वर्ष पनि राप्ती तटमा ठूलो संख्यामा भक्तजन तथा दर्शकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । 

पर्व व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले करिब सात लाख रुपैयाँ बराबरका साउन्ड सिस्टमका उपकरण उपलब्ध गराएको थियो । पूजा स्थलको सुरक्षा र भीड व्यवस्थापनका लागि दुई सयभन्दा बढी प्रहरी, स्काउट तथा स्वयंसेवक परिचालन गरिएको थियो । व्रतालु कनकप्रभा चौधरीले आफूले सकेको मिष्ठान्न सूर्यदेवलाई अर्पण गरी अर्घ्य दिने प्रचलन रहेको बताइन् । व्रतालु सकुन्तला साहले घर परिवारसहित सबैको राम्रो होस् भन्ने हेतुले व्रत बस्ने चलन रहेको बताइन् । 

हेटौँडाको राप्ती तटमा छठ पर्व मनाउन थालिएको ४६ वर्ष पुगेको छ । विसं २०३७ मा दुई–तीन परिवारबाट सुरु भएको छठ पूजा अहिले हजारौँ परिवारको साझा धार्मिक तथा सांस्कृतिक उत्सव बनेको छ । सानो समूहबाट सुरु भएको यो परम्परा समयसँगै विस्तार हुँदै हेटौँडाको महत्वपूर्ण सांस्कृतिक पहिचानका रूपमा स्थापित भएको छ । 

छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक एकता, पारिवारिक सम्बन्ध र सामुदायिक सद्भावलाई समेत बलियो बनाउँदै आएको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु भएको पूजा उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सम्पन्न हुँदा राप्ती तटमा यस वर्षको छठ उत्सव पनि स्मरणीय बनेको छ ।

0 Comments