१ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

अ अ+ अ-

दमौली (तनहुँ)। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको एक दशमलव ७५ हेक्टर अतिक्रमित क्षेत्र खाली गराई ४०० टिमुरका बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालय तनहुँले अतिक्रमित क्षेत्र पहिचान गरी रेखांकन तथा पोल गाडेर छुट्याएपछि उक्त क्षेत्रमा टिमुरको बिरुवा रोपेको हो । कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार अतिक्रमण हटाएर खाली गराइएको जमिनलाई उत्पादनशील बनाउने उद्देश्यले टिमुर रोपिएको हो ।

वन क्षेत्रको अतिक्रमण नियन्त्रण र संरक्षणसँगै टिमुरखेतीबाट भविष्यमा स्थानीयस्तरमा आम्दानीको सम्भावना सिर्जना हुने अपेक्षा गरिएको उनले बताए । डिभिजन वन कार्यालयको तथ्यांकसार तनहुँमा ६२४ सामुदायिक वनको क्षेत्रफल ६४ हजार ८४२ दशमलव ४८ हेक्टर रहेको छ । जिल्लामा दुई हजार ५६ दशमलव ५६ हेक्टर क्षेत्रफलमा ४८५ कबुलियती वन रहेका छन् ।

त्यस्तै, ३० दशमलव ६२ हेक्टर क्षेत्रफलमा ११ धार्मिक वन र ४२ दशमलव ३२ हेक्टरमा ८४ निजी वन रहेका छन् । जिल्लामा राष्ट्रिय वनको क्षेत्रफल १८ हजार १४० दशमलव ३४ हेक्टर रहेको कार्यालयले जनाएको छ ।

वन क्षेत्रको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह र सरोकारवाला निकायको भूमिका महत्त्वपूर्ण हुने प्रमुख रानाभाटले बताए ।

0 Comments