१ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानसँग तनाव बढिरहेका बेला मध्यपूर्वमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत तैनाथ

अ अ+ अ-

काठमाडौँ । इरानसँग जारी तनावका बीच अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप बढाएको छ । अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थिओडोर रुजवेल्ट मध्यपूर्व पुगेपछि उक्त क्षेत्रमा अमेरिकाका विमानवाहक युद्धपोतको सङ्ख्या तीन पुगेको छ ।

 अमेरिकी अधिकारीले सोमबार तेस्रो विमानवाहक युद्धपोत मध्यपूर्व पुगेको पुष्टि गरेका हुन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार रुजवेल्ट आइतबार अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) अन्तर्गतको जिम्मेवारी क्षेत्रमा पुगेको हो । 

यसअघि उक्त क्षेत्रमा यूएसएस जर्ज एचडब्ल्यू बुस र यूएसएस जर्ज वासिङ्टन तैनाथ थिए। ती युद्धपोत क्रमशः अप्रिल र अगस्टदेखि उक्त क्षेत्रमा परिचालित छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अरब सागर क्षेत्रमा अहिले अमेरिकी नौसेनाका तीन विमानवाहक युद्धपोत, १३ वटा विध्वंसक युद्धपोत, दुईवटा क्रुजर र एउटा लिटोरल कम्ब्याट जहाज तैनाथ छन् । वासिङ्टन र तेहरानबीचको कूटनीतिक प्रयास निष्कर्षमा पुग्न नसकिरहेका बेला अमेरिकाले सैन्य उपस्थिति विस्तार गरेको हो।

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः ठूलो स्तरको सैन्य आक्रमण गर्ने विषयमा विचार गरिरहेको बताइएको छ । यसअघि फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानको राजधानी तेहरानसहित विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा क्षेत्रीय अमेरिकी सैन्य अखडा र सैन्य संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको शृङ्खला चलाएको थियो ।

 त्यससँगै इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा आफ्नो नियन्त्रण पनि कडा बनाएको थियो । विश्वको ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने उक्त समुन्द्री मार्गमा तनाव बढ्दा क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पर्ने चिन्ता बढेको छ ।

0 Comments