काठमाडौँ । कम्बोडियाको प्रसिद्ध अंकोर पुरातात्त्विक क्षेत्रमा रहेको करिव एक हजार वर्ष पुरानो वेस्ट मेबोन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत अंकोर क्षेत्रमा रहेको उक्त मन्दिरको १४ वर्ष लामो पुनर्निर्माण परियोजना पूरा भएपछि उद्घाटन गरिएको हो ।
ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको मन्दिरको संरक्षण र पुनर्स्थापनाका लागि लामो समयदेखि काम हुँदै आएको थियो । १४ वर्षको प्रयासपछि मन्दिरलाई पुन:स्थापना गरी उद्घाटन गरिएसँगै कम्बोडियाको प्राचीन सम्पदा संरक्षणमा अर्को उपलब्धि थपिएको छ । वेस्ट मेबोन मन्दिर अंकोर क्षेत्रको महत्त्वपूर्ण ऐतिहासिक संरचनामध्ये एक हो ।
यसको पुनर्स्थापनाले कम्बोडियाको प्राचीन वास्तुकला, इतिहास र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।





