२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक अवरोध गर्न खोज्ने १७ चिकित्सक पक्राउ

अ+ अ-

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल अगाडि सडक अवरोध गर्न खोज्ने १७ चिकित्सकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

अनशनरत डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरी सडक अवरोध गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चिकित्सकलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

पक्राउ पर्नेमा डा सुमित पाण्डे, डा विशाल अग्रवाल, डा हेमन्त बाँस्तोलालगायत छन् । चिकित्सकले भने शान्तिपूर्ण ¥यालीका क्रममा चिकित्सकलाई पक्राउ गरेको दाबी गरेका छन् । अनशनरत प्राडा केसीको मागका पक्ष/विपक्षमा आन्दोलन सञ्चालन हुन थालेपछि सर्वसाधारण बिरामीले पाउनुपर्ने आधारभूत र अनिवार्य स्वास्थ्य सेवामा विगतदेखि नै प्रतिकूल असर पुग्दै आएको छ ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधार र विगतमा आफूसँग भएका सहमतिअनुसार कानून बनाउनुपर्नेलगायतका सवाल उठाई गत पुस २६ गतेबाट डा केसी १६औँ पटक अनशनमा बस्नुभएको छ । डा केसीका अधिकांश माग प्रतिनिधिसभा र राष्ट्रियसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएकाले अनशनको औचित्य नभएको सरकारले बताउँदै आएको छ ।