२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैतीस लाखमा खानेपानी योजना

अ+ अ-

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा रु ३७ लाख ७७ हजारको लागतमा खानेपानी योजना सम्पन्न भएको छ ।

स्थानीयवासीलाई स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यका साथ २०७३ असारदेखि सो योजना निर्माण थालिएको हो । सांसद विकास कोषबाट रु १० लाख, नेपाल विद्युत् प्राधिकरणबाट रु १२ लाख, शुक्लागण्डकी नगरपालिकाबाट रु १० लाख तथा उपभोक्ताले रु दुई लाख ५५ हजार बराबरको जनश्रमदान गरी सो योजना निर्माण गरेका उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र थापाले जानकारी दिए । योजनाबाट २०० परिवार लाभान्वित हुने छन् ।

“प्रत्येक घरमा मिटर जडान गरी पानी वितरण थालेका छौँ,” उनले भने। योजना निर्माण भएपछि पानीका लागि टाढाटाढा जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासी जयश्वर पाण्डेले बताए । “घण्टौँ हिँडेर पानी लिन जानुपर्ने बाध्यता थियो, अब समस्या हटेको छ”, उनले भने । सो योजनाको आइतबार गण्डकी प्रदेशसभाका सदस्य आशा कोइरालाले उद्घाटन गरे।

बाह्र लाखको जग्गादान

तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित लोकतान्त्रिक युवा समाजको भवन निर्माणका लागि पोखरा महानगरपालिका–२९ निवासी कल्याणबाबु भण्डारीले चार आना जग्गा दान गरेका छन् । नेपाल विद्यार्थी सङ्घ कास्कीका पूर्वअध्यक्ष तथा नेपाली काङ्ग्रेस पोखरा महानगरपालिकाका सदस्य भण्डारीले करीब रु १२ लाख बराबरको सो जग्गा समाजको भवन निर्माणका लागि दान गरेका हुन् ।

समाजको भवन निर्माणका लागि जग्गाको आवश्यकता परेको थाहा पाएपछि आफूले जग्गा दान गरेको भण्डारीले बताए। समाजका अध्यक्ष हिरा थापाले सो जग्गामा भवन निर्माण गरिने बताए ।