काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–११ बाट एघार किलो चरेससहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरुगञ्ज रानीघाट ११ का रामबालक प्रसाद विन, भारतको कानपुर बस्ने ४० वर्षीय मयंक वाजपेई र मकवानपुरको थाहा नगरपालिका –८ बस्ने ४१ वर्षीय सोमलाल थिङ्ग रहेका छन् ।
तीनै जनालाई नियन्त्रणमा लिइ लागु औषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तीस लाख बराबरको सामान बरामद
काठमाडौं । प्रहरीले तीसलाख मूल्य बराबरको सामान बरामद गरेको छ । पर्साको ठोरी गाउँपालिकाबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको सामान बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
लु१ख ३३१० नम्बरको ट्रकबाट खाद्यान्न तथा लत्ता कपडा गरी जम्मा ३०,५५,५०० मूल्य बराबरको सामान प्रहरीले बरामद लगरेको हो ।
पक्राउ पर्नेमा चितवन माडिका ऋष् िसुवेदी, सोही ठाउँका प्रकाश दराई र सोही ठाउँ बस्ने सुजन दराई रहेका छन् ।
प्रहरीले बरामद गरिएको सामानसहित तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
नाईट्राभेट ट्याबलेटसहित एक पक्राउ
काठमाडौं । पर्साबाट नाईट्राभेट ट्याबलेट नौ सय पिससहित एक जना पक्राउ परेका छन् । कञ्चनपुर भिमदत्त नगरपालिका–९ बस्ने दिपेन्द्र पनेरु लागु औषधसहित पर्साबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







