२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिको रेड कार्पेटमा सर्पको सयर…

अ+ अ-

काठमाडौं । ‘काँही नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि त्यस्तै घटना देखियो ।

राष्ट्रपति विद्यादेवि भण्डारी अमेरिकाको न्यूयोर्कबाट स्वदेश फर्कने कार्यतालिका थियो । राष्ट्रपतिको स्वागतका लागि विशिष्ट व्यक्ति विमानस्थल पुगिसकेका थिए ।

राष्ट्रपतिको स्वागतका लागि सबै तयारी पूरा भइसकेको थियो । विमानस्थलमा राष्ट्रपति हिँड्नका लगि ‘रेड कार्पेट’ ओछ्याइएको थियो । राष्ट्रपति आउने भनेपछि सञ्चारकर्मीहरु पनि समयमै पुगिसकेका थिए ।

रेड कार्पेटमा राष्ट्रपति हिँडेको फोटो खिच्न पुगेका फोटो पत्रकार तथा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीकै अगाडि ‘रेड कार्पेट’ हुँदै एउटा सर्प निस्कियो । सर्प देखेपछि सबै आत्तिए त कोही फाटो खिच्न थाले । धेरै मान्छे र होहल्लाबाट सर्प डराएर नजिकैको झाडीमा पस्यो ।

राष्ट्रपति भण्डारी पाँच दिने अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् । राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’ को वुमन इन पावर कार्यक्रममा भाग लिएर शुक्रबार अपरान्ह स्वदेश फर्किएकी हुन् ।

आइतबार न्यूयोर्क प्रस्थान गरेकी राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।