९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसापानीमा विद्युत् विस्तार

अ+ अ-

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–५ स्थित चिसापानीबजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । सो क्षेत्रको प्रमुख व्यापारिक केन्द्र रहेको चिसापानीबजारका ६६ घरमा विद्युत् विस्तार गरिएको हो । गाउँपालिका, विद्युत् प्राधिकरण र संसदीय विकास कोषको बजेटबाट विस्तार गरिएको विद्युत् लाइनको शुक्रबार सांसद विशाल भट्टराईले उद्घाटन गरे ।

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने चिसापानी बजारमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेसँगै स्थानीयवासीमा खुशीयाली छाएको छ । टुकी र सोलारको भरमा रात कटाउँदै आएका स्थानीयवासीको घरमा चौबीसै घण्टा बिजुली बलेपछि हर्षित भएका छन् ।

विद्युत् विस्तार भएसँगै चिसापानीबजारमा इमेल/इन्टरनेट, कम्प्युटर चलाउन, टेलिभिजन हेर्न, कुटानीपिसानीका मिल सञ्चालनलगायतका काम सहज भएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि सबैभन्दा बढी विद्यार्थीलाई सहज भएको गाउँपालिका प्रमुख शङ्करमान राईले बताए । गाउँपालिकाको केन्द्रबाट विस्तार शुरु गरिएको विद्युत् क्रमशः बाँकी वडामा पनि विस्तार गर्ने काम भइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस