२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियात्रा साहित्यको इतिहास ५२५ वर्ष पुरानो

अ+ अ-

काभ्रेपलाञ्चोक । नेपालमा नियात्रा साहित्यको इतिहास ५२५ वर्ष पुरानो रहेको पाइएको काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित एक सहित्यिक कार्यक्रममा जानकारी दिइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र र आख्यान विभाग तथा नेपाल वाङ्मय परिषद् काठमाडौँद्वारा आयोजित ‘समकालीन नेपाली नियात्रा लेखनमा सामाजिक चिन्तन’ विषयक विचार गोष्ठीमा नियात्राकार जय छाङ्छाले नियात्रा साहित्यको इतिहास विसं १५५० मा तत्कालीन राजा गगनीराजले मुगुदेखि मुस्ताङसम्मको आफ्नो यात्रालाई लिपिबद्ध गरेको सङ्ग्रहलाई मानिएको जानकारी दिए । उनले भने, “जे जस्तो उद्देश्यबाट पे्ररित भएर कृतिको जन्म भए पनि नेपाली नियात्रा साहित्यको इतिहास आरम्भ कृतिका रूपमा उक्त यात्रा सङ्ग्रह सुरक्षित हुन सफल भएको छ ।”

सेलो फाउण्डेनशनद्वारा संयोजित कार्यक्रममा छाङ्छाद्वारा प्रस्तुत ‘नेपाली नियात्रा साहित्यको विकासमा सामाजिक चेतना’ विषयक कार्यपत्रमा विसं १९७० मा शेरसिंह रानाको ‘मेरो लण्डन राजतिलक यात्रा’, विसं १९७४ मा चिरञ्जीवी शर्मा पौड्यालको ‘काश्मीर यात्रा प्रसङ्ग’, विसं १९९६ मा रणशूर लिम्बूको ‘बर्माको सम्झना’, विसं १९९९ मा भवानी भिक्षुको ‘सिमलासम्म’, विसं २०१४ मा लैनसिंह वाङ्देलको ‘यूरोपको चिठ्ठी’ र विसं २०२० मा ‘स्पेनको सम्झना’ तथा विसं २०२२ मा केदारमणि आ.दि.को ‘बेलायत जाँदा’ जस्ता अनेकन नियात्रा कृति प्रकाशित भएको उल्लेख गरिएको छ ।

विसं २०२६ मा डा।तारानाथ शर्माको यात्रा कृति ‘बेलायततिर बरालिँदा’ प्रकाशन भएपछि यात्रा वृत्तान्त वा यात्रा विवरणलाई भाषाविद् बालकृष्ण पोखरेलले ‘नियात्रा’ शब्दले सम्बोधन गरेपछि नेपालमा यस्ता कृतिलाई नियात्रा साहित्य भन्न थालिएको समेत कार्यपत्रमा उल्लेख गरिएको छ । “नेपालभन्दा कयौँ गुणा विकसित पश्चिमा मुलुकहरुमा पनि अझै यस्ता कृतिलाई नामकरण गर्न सकिरहेका छैनन्”, छाङ्छाले भने । उनले जीवित प्रमाणिकता नियात्राको प्रमुख तत्व भएकाले कहिले, कहाँ, को, कसरी र किन आदि कुरालाई नियात्राको मुटु मानिने बताए ।

वरिष्ठ साहित्यकार मोहन दुवालले नेपाली साहित्यमा यात्रा निबन्ध, यात्रा संस्मरण, यात्रा वृत्तान्त, भ्रमण वृत्तान्त, यात्रा वर्णन आदिको नामबाट नियात्रा साहित्यको सम्बोधन भएको बताए । उनले करिब ५० वर्षयता नियात्रा लेखनलाई प्रगतितर्फ डोर्‍याउन छ दर्जनभन्दा बढी सर्जक लागिरहेको जनाए ।

प्रतिष्ठानका शास्त्र र आख्यान विभाग प्रमुख प्रा. दिनेशराज पन्तले नेपालमा शोधग्रन्थको विषयमा प्रतिष्ठानले विशेष चासो दिइरहेको बताए । प्राज्ञ माया ठकुरीले नियात्रा साहित्यका कारण पूर्वी र पश्चिमी मौलिकता, संस्कृति पहिचान एवं आदानप्रदान भएको बताइन् । प्राज्ञसभा सदस्य नन्दु उप्रेतीले नियात्रा साहित्यले परिवर्तनको संवाहकको भूमिका खेल्नुपर्ने बताए।

सो अवसरमा फुलमान बल, शारदाप्रसाद शर्मा, राजबाबु श्रेष्ठ, सन्ध्या पहाडी, गोविन्द बस्नेत, हीरामान तामाङ, जगत तामाङ, बिएम लामा, अनामिका सजल, हरिप्रसाद चौलागाईं र निर्भिकजङ्ग रायमाझीले कविता वाचन गरेका थिए ।