२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान सरकार कुनै हालतमा असफल हुँदैन : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार कुनै हालतमा असफल नहुने बताएका छन् । आज भक्तपुरको बोडेमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेशनको उद्घाटन गर्दै उनले कम्युनिष्ट नेतृत्व सरकार असफल हुन्छ भन्नेलाई सरकार सफल बनाएर देखाउन चुनौती दिए ।

‘कम्युनिष्टहरु अन्तर्राष्ट्रिय रुपमा आन्दोलन गर्दा लोकप्रिय हुन्छन् तर शासन सत्तामा पुगेपछि भने सफल हुँदैनन्, सत्ताको अनुभव नुहँदा समस्या आउँछ भन्ने भनाइ छ’, प्रचण्डले भने, ‘नेपालका कम्युनिष्ट आन्दोलनमा मात्रै होइन सरकार सञ्चालनमा पनि सफल छन् भन्ने देखाउनुपर्छ ।’

अबको एक महीनाभित्र पार्टी एकता टुङ्ग्याएर सरकार सञ्चालनमा मात्रै पार्टी केन्द्रित रहने बताउँदै उनले पार्टी एकतामा मात्रै अब अल्झेर नबस्ने भनाइ राखे । आज राजनीतिक प्रतिवेदन टुङ्गिएको बताउँदै उनले भने, ‘आज बालुवाटारमा प्रधानमन्त्री र म बसेर राजनीतिक प्रतिवेदनलाई टुङ्ग्याएका छौँ, ठूलो काम पूरा भएको छ, सहमति र सहकार्यबाटै एकता अगाडि बढ्छ ।’

सरकार र पार्टीले देशलाई स्थायित्व, समृद्धि र विकास दिन नसके दुर्भाग्य हुने बताउँदै उनले सबै खालका अहङ्कारलाई त्यागेर जनताको हितमा काम गर्ने भनाइ राखे । जनतालाई निर्वाचनमा जाँदा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘सरकार र पार्टी दुवै यतिखेर विशेष परिस्थितिमा गुज्रिरहेको छ, पार्टी एकताको सन्दर्भ पनि सङ्क्रमणमै छ, हामीले विगतमा गरेको घोषणालाई व्यवहारमा उतार्ने अग्निपरीक्षामा हामी रहेका छौँ ।’ पार्टी गुट र स्वार्थमा नभई देश र जनताको हितमा लाग्ने बताउँदै उनले सरकारको लोकप्रियताको ग्राफलाई घट्न नदिई अगाडि बढ्नुपर्नेमा जोड दिए ।

पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने बताउँदै प्रचण्डले भने, ‘एकतापछिको पार्टीको आगामी महाधिवेशन एकता महाधिवेशन नै हुन्छ, यसमा कुनै चुनाव र मतदान हुँदैन, सहमतिबाटै अगाडि बढ्ने हो, त्यसपछिको महाधिवेशन मतदान प्रक्रियामा जाला ।’ उनले एकताबद्ध भएर तल्लो तहसम्म जानुपर्नेमा जोड दिए ।