काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएको छ ।
ईन्द्र सरोवरमा पानी अत्यधिक भएपछि बाँध खोलेर बाहिर निकालिँदै छ ।
गृहमन्त्रालयका अनुसार कुलेखानीको सरोवर भरिएर पानी २५.४ मिटर पुगेको छ ।
केही घण्टापछि बाँध खोलिने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहले अनुरोध गरेको छ ।
सतर्कताको लागि सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरुलाई पनि सजग रहन र आवश्यक तयारी गर्न भनिएको छ ।







