२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विषाक्त पार्थेनियमको मिचाइमा तितेपाती

अ+ अ-

पोखरा । नेपालको अधिकांश भागमा पाइने वनस्पति हो तितेपाती । तितेपाती बास्नादार त हुन्छ नै यसले धेरै किसिमका औषधीय गुण पनि बोकेको हुन्छ ।

पूजाआजाका साथै चर्म रोगलगायतका बहुउपयोगी तितेपाती यतिखेर विषाक्त झार पार्थेनियम (गाजरे झार)को मिचाइमा पर्दैगएको छ । तितेपाती देखिने अधिकांश ठाउँमा यतिखेर पार्थेनियम झाँगिएको पाइन्छ । पछिल्ला अध्ययनअनुसार नेपालका कास्कीसहित ५६ जिल्लामा यो प्रजाति झागिँदै गएको वनस्पति क्षेत्रमा अनुसन्धानरत राष्ट्रिय प्राणी उद्यानका निर्देशक नारायण रुपाखेतीले जानकारी दिए ।

गाउँघरमा पाइने तितेपातीलगायतका रैथाने वनस्पतिहरू यतिखेर मिचाहा प्रजातिको मारमा सङ्कटमा पर्दै गएका छन् । विषाक्त पार्थेनियमको विस्तारसँगै यसले आर्थिक क्षतिका साथै मानवीय स्वास्थ्यमा समेत गम्भीर असर पार्ने अवस्था सिर्जना भएको उनले बताए ।

“पार्थेनियमको विस्तारले कृषिजन्य जमीन तथा अन्य उपयोगी वनस्पतिलाई प्रत्यक्ष असर पार्न थालेको छ,” उनले भने, “यसको परागकण विषाक्त हुने भएका कारण यसले श्वासप्रश्वासमा असर पारी फोक्सोको क्यान्सरसमेत निम्त्याउन सक्छ ।”

यो झार घाम लागेका बेलामा छोएमा शरीरमा डाबर आउने तथा चिलाउने समस्या हुने उनले जानकारी दिए । घरपालुवा पशु चौपाया चर्ने क्रममा मुख वा शरीरमा छोइएमा छोइएको भाग बाक्लो बन्दै जाने लगायतका समस्या पनि यसका कारण निम्तिन थालेको छ ।

दक्षिण अमेरिकाबाट नेपालमा भित्रिएको यो प्रजाति विसं २०२४ मा पहिलो पटक नुवाकोटको त्रिशूलीमा जापानी वनस्पतिशास्त्रीले फेला पारेका थिए । घाम लागेको बेलामा यसका परागले स्वासप्रश्वास एवं छालामा असर पार्ने भएकोले किसानले घाम नलागेको बेलामा पञ्जा लगाएर उखेली ओसिलो ठाउँमा यसलाई जलाउनुपर्ने सम्बन्धित विज्ञको सुझाव छ । देख्दा तितेपातीजस्तै देखिए पनि त्यसको ठिक विपरीत यो विषाक्त हुने भएकोले यससँग जोगिनुपर्ने देखिन्छ ।

रुपाखेतीका अनुसार नेपालमा हाल २७ जातका बाह्य मिचाहा प्रजाति रहेका छन् । पछिल्ला वर्षमा पार्थेनियम, माइकेनिया र जलकुम्भी जस्ता मिचाहा प्रजाति गम्भीर समस्याका रूपमा देखिएका छन् ।

नेपालमा देशैभरि पार्थेनियम फैलने क्रम वर्षेनी तीव्ररूपमा बढेको संरक्षण विकास फउण्डेशनका संयोजक डा विके शर्माले बताए । “अध्ययनअनुसार नेपालका विकट ग्रामीण भेगमा समेत गाडी पुगेसँगै ती ठाउँमा पार्थेनियम पुगेको देखिन्छ”, उनले भने । गाडीको टायरमा टाँसिएर यसको बीउ विभिन्न जिल्लामा पुगेको र जसका कारण अन्य रैथाने प्रजाति क्रमशः विस्थापित बन्दै गएको उनले बताए ।

बाह्य मिचाहा प्रजातिका कारण अन्य मानवउपयोगी वनस्पतिलाई असर पार्ने र कतिपयले मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्ने भएकाले यसको व्यवस्थापन अपरिहार्य भएको संरक्षण विकास फाउण्डेसनका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र पोखरेलले बताए ।

पार्थेनियम जस्ता धेरै मिचाहा प्रजातिको विस्तार बढिरहेको अवस्थामा तिनीहरूको असरलाई हटाउनकै लागि बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीतिसमेत तयार गरिएको उनले बताए। “हामीले लामो समयको मेहनतपश्चात रणनीति तयार गरी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई बुझाइसकेका छौँ”, उनले भने, “अब यो रणनीतिलाई राष्ट्रिय नीतिसँग जोडेर लैजानुपर्छ, यसको कार्यान्वयन नै अबको प्रमुख आवश्यकता हो ।”

मानव स्वास्थ्य, वातावरण तथा आर्थिक विकासका विभिन्न पक्षमा बाह्य मिचाहा प्रजातिले पार्ने असर दृष्टिगत गरी व्यवस्थापनको उचित नीति तय गरेर तत्काल कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको उनको भनाइ छ । रासस