२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतद्वारा चन्द्रयान–२ को सकुशल प्रक्षेपण

अ+ अ-

नयाँ दिल्ली । भारतले एक हप्ताअघि प्राविधिक कारण देखाई स्थगित गरेको चन्द्रयानलाई सोमबार सकुशल अन्तररिक्षमा प्रक्षेपण गरेको छ ।

अहिलेसम्म मानव पाइला नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गर्ने प्रयास गरिने र यो अभियान अन्तर्गत चन्द्रमा सतहमा पानी र खनिजको खोज अघि बढाइनेछ । अभियानले चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गर्ने योजना रहेको छ ।

भारतको दक्षिणी सामुद्रिक तटीय क्षेत्रमा रहेको श्रीहरिकोटास्थित शतिस धावन स्पेस सेन्टरबाट आइतबार दिनको ठीक २ बजेर ४३ मिनेटमा लेण्डर विक्रम र रोभर प्रज्ञान नामक उपग्रहसहित अन्तरिक्षका लागि छुटेको होे । एक हप्ता पहिले प्रक्षेपणका लागि तयारी रहेको समय प्रक्षेपण हुन तोकिएको समयभन्दा ५६ मिनेट पहिले यानको इन्जिनमा रहेको हिलियम ग्यासको बोतलमा चुहावट देखिएका कारण उडानको उक्त साइतलाई रद्द गरिएको थियो ।

जुलाइ १५ मा यानलाई प्रक्षेपणका लागि पृथ्वीको कक्षमा सफलतापूर्वक राखिएको समय भारतीय अन्तरीक्ष निकाय (आइएसआरओ) का प्रमुख अधिकारी के सिभानले यानमा प्राविधिक समस्या आएको बताउँदै अनिश्चित समयका लागि उडान स्थगित भएको बताएका छन्।

सफल प्रक्षेपणपछि उनले भने, ‘भारतले आफ्नो सबैभन्दा शक्तिशाली रकेट जीएसएलभी एमके–तृतीयको प्रयोगगरी चन्द्रयान–२ लाई पृथ्वीको कक्षमा पुर्‍याउन सहयोग गरेको बताइएको छ । चन्द्रमाका लागि यो भारतको ऐतिहासिक यात्रा हुनेछ र यानलाई चन्द्रमाको दक्षिणी ध्रुबमा अवतरण गरी चन्द्रमासँग सम्वन्धित वैज्ञानिक नयाँ अनुसन्धानलाई अघि बढाइनेछ ।’

विक्रमले २७ किलो तौल भएको एउटा चन्द्रमामा हिँड्ने वाहन बोक्नेछ भने उसले चन्द्रमाको भूसतहको अन्वेषण गर्नेछ । त्यस्तै १४ दिनको आयुमा प्रज्ञान नामक वाहन चन्द्रमाको सतहमा करिब आधा किलोमिटर यात्रा गरी त्यहाँका तस्वीर खिची पृथ्वीमा अध्ययनका लागि पठाउनसक्ने भारतीय अन्तरीक्ष निकायले जनाएको छ ।

अन्तरिक्षयान चन्द्रमाको सतहमा आगामी सेप्टेम्बर ६ वा ७ तारिखमा अवतरण हुने आइएसआरओले बताएको छ । परियोजनाका लागि भारतले १५ करोड अमेरिकी डलर खर्च गरेको उक्त यानको तौल ६४० टन रहेको आइएसआरओले उल्लेख गरेको छ ।

सफल प्रक्षेपणपछि यानको निर्माण र अध्ययनका लागि खटिएको वैज्ञानिकको समूहलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । रासस/एएनआई