२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

अ+ अ-

वीरेन्द्रनगर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन्न माग राख्दै तीन दिनयता स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी सङ्गठनले ताला लगाएका छन् ।

उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय र लेखा शाखामा तालाबन्दी गरिएको स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अध्यक्ष झक्क शाहीले जानकारी दिए । आफ्ना मागहरु पूरा नगरेसम्मका लागि तालाबन्दी गरिने उनले बताए ।

विद्यार्थी सङ्गठनहरुले विश्वविद्यालयको हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुल्क तत्काल खारेज गर्नुपर्ने, तत्काल स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकहरुको दोहोरो सुविधा खारेज गर्नुपर्ने, यसअघि स्ववियु विद्यार्थी सङ्गठन र इञ्जिनीयरिङ सङ्कायका विद्यार्थीसँग गरिएका सहमतिहरु तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै साउन १ गते रजिस्ट्रारलाई ज्ञापनपत्र बुझाएका थिए ।

आफ्ना मागहरु पूरा नभए मङ्गलबारदेखि विश्वविद्यालयका पदाधिकारीहरुको सवारीसाधन अनिश्चितकालका लागि बन्द गर्ने तथा अन्य आन्दोलनका कार्यक्रम अहिलेलाई स्थगित गरेको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष शाहीले बताए । “विश्वविद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाले विद्यार्थीका मागलाई लिएर वार्तामा बस्ने भनिसकेपछि आन्दोलनका थप कार्यक्रम रोकेका छौँ”, शाहीले भने, “विश्वविद्यालयमा तालाबन्दी भने यथावत राखेका छौँ ।”