२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडितलाई राहत तथा पुनस्थापना कार्य सन्तोषजनक भएन : सांसद

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले हालैको बाढी, डुबान तथा पहिरोपीडितका लागि राहत तथा पुनस्थापना कार्य सन्तोषजनक नभएको भन्दै उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले तराई /मधेशमा डुबान तथा पहाडी क्षेत्रमा पहिरो नियन्त्रण गर्न पूर्वतयारी नगरिएको भन्दै आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन सरकार सजग हुनुपर्ने माग गरे।

सांसद लक्ष्मी परियारले शान्तिसुरक्षाको प्रत्याभूति गर्न र हालै पूर्वी जिल्लामा दलित युवामाथि भएको कुटपिटको घटना छानबिन गर्न माग गरिन्।

सांसद विमला विश्वकर्माले एक प्रदेशबाट अर्को प्रदेश तथा प्रदेशबाट स्थानीय निकायमा जाँदा यातायात क्षेत्रमा रुट परमिट लिन नपर्ने व्यवस्था मिलाउन आवश्यक रहेकामा जोड दिँदै रुट परमिट लिनुपर्ने व्यवस्थाले यातायात व्यवसायी समस्यामा परेका छन् भनिन्।

सांसद विरोध खतिवडाले सुनको अवैध कारोवार रोक्न सरकारले विशेष ध्यान दिनुपर्ने र यसको मूल्यलाई नियन्त्रणमा समेत राख्नुपर्ने विचार व्यक्त गरे ।

सांसद बोधमाया यादवले तराई मधेशमा रोपाइँ जारी रहेको अवस्थामा मलखाद अभाव रहेको छ, यसतर्फ कृषि मन्त्रालयको ध्यान गएको छ कि छैन रु भन्ने प्रश्न गरे ।

सांसद सत्यनारायण शर्मा पौडेलले पूर्वी नवलपरासी जिल्लामा यातायातमा एक पालिकाबाट अर्को पालिकामा प्रवेश गर्दा कर तिर्नुपर्ने बाध्यता रहेको हुँदा दोहोरो कर हटाउन माग गरे ।

सांसद सत्या पहाडीले डोल्पाको दुनैलगायत सिङ्गो कर्णाली प्रदेशको स्वास्थ्यस्थिति माथि उठाउन स्वास्थ्य मन्त्रालयले विशेष कार्ययोजना ल्याउन जरुरी रहेको छ भने ।

सांसद समिना हुसैनले बकर इदमा सार्वजनिक बिदा दिन गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद सीतादेवी यादव र सरिताकुमारी गिरीले तराई /मधेशका बाढीपहिरोपीडितलाई थप राहतको व्यवस्था मिलाउन माग गर्दै विगतका द्वन्द्वपीडितले सामाजिक न्यायसमेत नपाएको गुनासो गरिन् ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको रामधुनी नगरपालिकामा रहेको रामधुनी मन्दिरको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न माग गरे ।रासस