बनियानी । लागेको भन्दै यातना दिने सोही स्थानकी ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीले यातना दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
‘पीडित महिलालाई ज्वरो आएको रहेछ’, इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले भने, ‘उनीहरु (कुमारी र दिनेश) ले बोक्सी लागेको छ भन्दै यातना दिएको पाइयो ।’व्यक्तिगत रिसिइबीले पनि यातना दिइएको उनले बताए ।
दर्जीले गत १९ गते रातको १०ः४५ बजे पीडित महिलालाई बोक्सी लागेको भन्दै पन्यू तताएर अनुहार र हातमा डामेका थिए । पीडित महिलाले प्रहरीमा जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रनाउ थापाले बताए ।
पीडकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ अनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।