२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकता र समर्पण नै विकासको आधार हो : उपप्रम पोखरेल

अ+ अ-

भक्तपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकता र समर्पण नै विकासको आधार रहेको बताएका छन् ।

सूर्यविनायक नगरपालिका–४ स्थित पुरातात्विक, धार्मिक तथा ऐतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुल उद्घाटनका क्रममा सोमबार उहाँले नेपाल अनुपम, सभ्यता र संस्कृतिको देश भएकाले यसको पहिचान जोगाउनुपर्नेमा जोड दिएका हुन् ।

विकासको नाममा सभ्यता र संस्कृतिको विनाश हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले जनप्रतिनिधि र सरकारी निकायलाई परापूर्वकालदेखिको हाम्रो धरोहरको विनाश हुने गरी काम नगर्न पनि आग्रह गरे ।

पुर्खाहरुले बनाएको कुनै पनि चीज कम्युनिष्टहरुले विनाश नगर्ने जानकारी दिँदै उनले भने, ‘कम्युनिष्टहरु धर्म मान्दैनन् भन्ने कहीँकतै सुन्ने गरिएको छ तर कम्युनिष्टको धर्म भनेको नै जनता हुन् । धर्म जनताको हित गर्ने प्रकारको हुनुपर्छ । जनताको हित नै कम्युनिष्टको धर्म हो । जनता नै देशको सबैभन्दा ठूलो शक्ति हो । त्यसैले जनताको भावना र चाहना अनुसारको काम हुनुपर्छ ।’

उपप्रधानमन्त्री पोखरेलले सांसद महेश बस्नेतको नेतृत्वमा भइरहेको विकास अभियानले भक्तपुरको विकासले एक–दुई वर्षभित्रमा कायापलट गर्ने लक्षण देखापरेको उल्लेख गरे ।

सांसद बस्नेतले भक्तपुर सम्पदाहरुको महत्वपूर्ण स्थल भएको चर्चा गर्दै यहाँबाट उपत्यकाका तीनवटै शहरका साथै २२ वटा हिमशृङ्खला देख्न सकिने भएकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने धारणा व्यक्त गरे ।

पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले सरकारको विकासको कदमलाई सबै पक्षबाट सहयोग हुनुपर्ने बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायणप्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल र पूर्वसांसद केदार सञ्जेल लगायतले पुरातात्विक सम्पदाको संरक्षण र संवर्द्धनमा सबैको सहयोग रहनुपर्नेमा जोड दिए ।