२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी व्यवस्थापन गर्न समस्या परेको छ : मन्त्री पुन

अ+ अ-

दमौली । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका अस्पतालमा कर्मचारी व्यवस्थापन गर्न समस्या परेको बताएका छन् ।

अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रमअन्तर्गत न्यूनतम सेवा मापदण्ड फलोअप कार्यक्रमबारे जानकारी दिने उद्देश्यले दमौली अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कर्मचारी समायोजनका कारण प्रदेशभित्र कर्मचारी व्यवस्थापन गर्न समस्या परेको जानकारी दिए ।

मन्त्री पुनले कर्मचारी समायोजनका क्रममा धेरै कर्मचारीले संघ रोजेका कारण प्रदेशमा कर्मचारी अभाव भएको उल्लेख गर्दै जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्यमन्त्रीसँग पटक–पटक छलफल गरेपनि समस्या समाधान हुन नसकेको बताए ।

‘धेरै अस्पतालहरुमा कर्मचारी रिक्त छन्, कर्मचारीको व्यवस्थापनमा सरकारलाई समस्या परिरहेको छ,’ उनले भने, ‘भइरहेको जनशक्ति व्यवस्थापन गर्दै जनतालाई उच्चतम सेवा प्रवाह गर्न सक्नुपर्दछ ।’

दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेलले कर्मचारी अभावकै बीचमा पनि आफूहरुले जनतालाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताउँदै अस्पतालमा सरकारीतर्फ २४ को दरबन्दी भएपनि हाल १८ जना र अस्पताल विकास समितिमार्फत् ३३ जना कर्मचारी कार्यरत रहेको जानकारी दिए ।

दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा केही सुधारका प्रयास भइरहेको बताउँदै अस्पतालको स्तरोन्नति आवश्यक रहेको छ भने ।