२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्युनिष्टले पक्षपातको शासन गरेका छन् : नेता पौडेल

अ+ अ-

कास्की । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले पक्षपात र भेदभावको शासन गरेको बताएका छन् । पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा आज पोखरामा उनले पक्षपातपूर्ण ढङ्गले आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट विनियोजन गरिएको र विपक्षी पार्टीलगायत अन्यलाई वामपन्थीले थिचोमिचो गरेको बताए ।

दुई तिहाइ मतसहितको सरकारले मतको सदुपयोग गरेर जनतामा उत्साह ल्याउन नसकेको उल्लेख गर्दै उनले भने, ‘अहिले देशमा निराशाको बादल छाएको छ । कम्युनिष्टको शासन हेरेर जनतामा असन्तोष फैलिएको छ । सरकार असफल भइसकेको छ ।’

डेङ्गुले देशका अस्पताल भरिँदासमेत सरकारले विशेषज्ञसहितको स्वास्थ्य सेवामार्फत रोग नियन्त्रण गर्ने काम गर्न नसकेको नेता पौडेलले उल्लेख गरे । बिपीको आचरण र विचारलाई बुझेर कार्यकर्ताले अनुसरण गर्नुपर्ने बताउँदै वरिष्ठ नेता पौडेलले भने, ‘वास्तवमा बिपीले ठूलो कुरा गर्नु भएन । सबै नेपाली समान र बराबर हुन् र दुनियाँमा कोही सानो ठूलो छैन भनेका छन् । उनको विचारको अनुसरण गर्नु आवश्यक छ ।’

कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा पार्टीले उठाएको उम्मेदवारलाई भोट हाल्न कार्यकर्तालाई निर्देशन दिँदै उनले कांग्रेस हुँ भन्नेले रूखमा भोट दिए जीत सुनिश्चित हुने बताए ।

पार्टीका केन्द्रीय प्रतिनिधि धुव्र वाग्लेले पार्टीमा नैतिकवान् र पारदर्शी नेताको खाँचो रहेको औँल्याउँदै केन्द्रमा बस्ने नेता नबदलिएसम्म पार्टी बलियो नहुने उल्लेख गरे । अर्का केन्द्रीय प्रतिनिधि हरिप्रसाद श्रेष्ठले उपनिर्वाचनलाई पार्टीले जनमत सङ्ग्रहका रूपमा लिएको बताउँदै चुनाव पार्टीका लागि जीवनमरणको सवाल रहेकामा जोड दिए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य विन्दादेवी राना, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कास्की पार्टीका कार्यवाहक सभापति आइबहादुर गुरुङ, क्षेत्रीय सभापतिहरु विजयराज बाँस्तोला, दीपेन्द्र मरासिनी, क्षेत्रीय सचिव शङ्कर बाँस्तोला लगायतले उपनिर्वाचनमा पार्टीले जित्ने गरी केन्द्रदेखि जिल्लास्तरीय नेता परिचालित हुनुपर्ने बताए ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले वृक्षरोपण गरेका थिए । कांग्रेसको दोस्रो चरणको जनजागरण अभियान असोज ७ गतेसम्म जारी रहनेछ ।रासस