१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनको मूल्य घट्यो, प्रतितोला ७० हजार ८००

अ+ अ-

काठमाडौं । दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ । शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार ५०० पुगेको थियो । त्यस्तै मङ्गलबार सुनको मूल्य घटेर रु ७१ हजार पुगेको थियो । बुधबार भने सुनको मूल्य स्थिर रह्यो ।

आज पुनःसुनको मूल्यमा प्रतितोला रु २०० ले गिरावट आएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ । तेजाबी सुनको मूल्य रु ७० हजार ५०० निर्धारण गरिएको महासंघले जनाएको छ । सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला रु ८८० मा कारोवार भएको चाँदीको मूल्य रु पाँचले घटेर रु ८७५ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ५०२।४० अमेरिकी डलर रहेको छ । केहीअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० डलरसम्म पुगेको थियो । विश्व बजारमा सुनको मूल्यमा देखिएको गिरावटसँगै नेपाली बजारमा पनि मूल्य घटेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस