२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमला नहर भत्किँदा रु १८ करोड क्षति

अ+ अ-

धनुषा । कमला नदी नियन्त्रण आयोजना धनुषाद्वारा कमला नदी नियन्त्रण व्यवस्थित गर्न निर्माण गरिएको तटबन्ध भत्किँदा त्यहाँ करीब रु १८ करोड बराबरको क्षति भएको छ ।

कमला नदीको दुवैतर्फ नदी नियन्त्रण गर्न भारतीय अनुदानमा निर्माण गरिएको तटबन्ध असारको तेस्रो हप्तामा भत्किएर क्षति भएको हो ।

आयोजनाका प्रमुख मनोहर साहका अनुसार कमला नदीको पोर्ताहादेखि भारतीय सीमा तथा सिराहाको बन्दीपुरदेखि भारतीय सीमासम्मको ७५० मिटर तटबन्ध भत्किएको छ । प्राप्त विवरणअनुसार नदीको दुवैतर्फ ६८.२५ किलोमिटर तटबन्ध रहेको छ ।

धनुषातर्फ ३३.६ किलोमिटर र सिराहातर्फ ३४.६५ किलोमिटर तटबन्ध रहेको बताइएको छ । सिराहातर्फ ४०० मिटर र धनुषातर्फको ३५० मिटर तटबन्ध बाढीले भत्काएको र उक्त क्षतिग्रस्त बाँधको निर्माण गर्न पटक–पटक माग भए पनि बजेट नआएको प्रमुख साहको भनाइ छ ।

बाँध निर्माण नहुँदा जीउधन र बालीनालीको व्यापक क्षति हुने गरेको उनले बताए । उक्त भत्किएको तटबन्ध समयमा नबनेमा त्यहाँ सिँचाइमा अभाव बढ्नाका साथै ग्रामीण क्षेत्रमा नोक्सानी हुने धनुषा इनरवाका बासिन्दाको गुनासो पाइएको छ ।

सो आयोजनाबाट भएको क्षतिको सम्बन्धमा क्षति कम गर्न सुझावसमेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सिँचाइ विभागमा पठाइएको छ ।

सुझावपत्रमा कमला नदीको उद्गमदेखि भारतीय सीमासम्म विभिन्न स्थानमा नदीमा निर्माण गरिएका पुलहरु पूर्व–पश्चिम राजमार्ग ६४० मिटर, हुलाकी सडक ४५० मिटर र विहारको जयनगरमा निर्माण भएको ३०० मिटर ब्यारेज प्राविधिक रुपले निर्माण नभएकाले नदीको बहावमा अवरोध भई तटबन्ध भत्किएको र आसपासका ग्रामीण क्षेत्रमा क्षति भएको बताइएको छ ।

हाल सो आयोजनाद्वारा नदीमा पुल लगायतका संरचना निर्माण भइरहेको छ । आव २०६५/६५ मा भारतीय अनुदान तथा नेपाल सरकारको सहयोगमा कमला नदी नियन्त्रणका लागि उक्त तटबन्धका साथै पूर्वाधारको निर्माण भएको हो ।

कमला नदीको दुवैतिर धनुषा र सिराहा जिल्लामा २५ हजार बिगाहा जमीनमा सो नदीबाट सिँचाइ हुँदै आएको छ । धनुषामा १२ हजार ५०० बिगाहा र सिराहामा १२ हजार ५०० बिगाहा जमिनमा सिँचाइ हुँदै आएको सो आयोजनाबाट थाहा भएको छ ।रासस