काठमाडौं । कृषि विकास बैंकबाट १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । कृषि विकास बैंकको लहान शाखाबाट सिस्टम ह्याक गरेर रकम चोरी भएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार कृषि विकास बैंकको लहान शाखाबाट नयाँ तरिकाबाट लुटपाट भएको छ । प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख देखिएको छ । बाँकी अनुसन्धान भइरहेको छ । विगतमा भएको ह्याकिङ प्रकरणभन्दा यो नयाँ हो ।







