२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालोबजारी रोक्न प्रदेश सरकारको ध्यानाकर्षण

अ+ अ-

चिप्लेढुङ्गा । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने कालोबजारी रोक्न नारी जागरण अभियान पोखराले प्रदेश सरकारको ध्यानाकार्षण गराएको छ ।

पर्वहरुलाई विकृतिरहित र मौलिक रुपमा मनाउने वातावरण सिर्जना गर्न अभियानले गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

अभियानका संयोजक अञ्जु केसीले चाडपर्वको नाममा हुने कालोबजारी, सार्वजनिक यातायातको दोब्बर भाडादर, गुणस्तरहीन उपभोग्य वस्तुहरु, चोरी डकैती, हत्या, हिंसालगायतका सामाजिक विकृति नियन्त्रणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको बताए।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री चुमानले नागरिकस्तरबाट सरकारलाई ध्यानाकर्षण गराएकामा नारी जागरण अभियानलाई धन्यवाद दिदैं पर्वलाई सामाजिक सद्भाव कायम गरेर विकृतिरहित बनाउनका लागि सरकार गम्भीर रहेको बताए ।

उहाँले सचेत नागरिकबाट सभ्य समाज निर्माण हुने भन्दै सरकारसँगै नागरिकले आफ्नो कर्तव्य पालना गर्न सके सामाजिक सहिष्णुता कायम हुने बताए । “एकले आफ्नो स्वतन्त्रताको उपभोग गरिरहँदा अर्कोले आफ्नो अधिकार हनन भएको महसुस गर्ने वातावरण हुनुहुँदैन”, मन्त्री चुमानले भने ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले शान्ति सुरक्षा, अस्वभाविक मूल्यवृद्धि र कालोबजारी न्यूनीकरणका लागि स्थानीय प्रशासन इमान्दारीपूर्वक आफ्नो कर्तव्य पालन गर्ने विश्वास व्यक्त गरे ।