२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई दिनदेखि टेलिफोन अवरुद्ध

अ+ अ-

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा दुई दिनदेखि टेलिफोन अवरुद्ध भएको छ । टेलिफोन अवरुद्ध हुँदा २ हजार बढी परिवार सञ्चार सेवाबाट वञ्चित भएका बताइएको छ ।

वडा नं ६ स्थित मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रेपछि सञ्चार सेवा ठप्प भएको हो । यहाँका आठ गाउँका दुई हजार परिवार प्रभाजित भएका वडा नं ३ की बासिन्दा सपना ऐडीले बताए । नेपाल टेलिकम हुम्लाले यस विषयमा कुनै चासो नदिएको स्थानीयको आरोप छ । नेपाल टेलिकमले तिहारपछि मात्रै मर्मत सम्भार गरिने जनाएको छ ।

यसैगरी दक्षिणी भेगमा रहेको चंखेली गाउँपालिकामा रहेको भिस्याट एक महीनादेखि बन्द रहेको छ । वडा नं ५ नेक्पा गाउँमा रहेको एक मात्र भिस्याट फोन सेवा एक महीनादेखि अवरुद्ध हुँदा यहाँका बासिन्दाले समस्या भोग्नुपरेको छ । हिमाली गाउँ नेक्पामा फोन सुविधाका नाममा नमस्ते फोन तीन दिनदेखि अवरुद्ध रहेको छ भने एक महीनादेखि भिस्याट सेवा बन्द छ ।

यहाँका बासिन्दाले फोनकै लागि छ घण्टा हिँडेर छिमेकी गाउँमा जानुपरेको स्थानीय हर्कदन तामाङले बताए । सिडिएमए, स्काई, नमस्तेलगायतका फोन सेवाले विकट गाउँमा काम नगरेको उनले बताए ।

भिस्याट पुनःसञ्चालनका लागि दूरसञ्चारको शाखा कार्यालय सिमकोटमा जानकारी दिँदा प्राविधिक कारणले कर्मचारी मर्मत गर्न पठाउन नसकिएको बताएको स्थानिय ध्रुव्र शाहीले जानकारी दिए ।

भिस्याट फोनले काम नगरेपछि सार्वजनिक ठाउँका सूचना आदानप्रदानमा समेत समस्या भएको उनले बताए । भिस्याट फोन सेवा एक महीनादेखि सञ्चालनमा नआउदा नेक्पा गाउँका ६० घरधूरी प्रत्यक्ष प्रभावित भएका छन् ।