२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकरणका बेला प्रयोग भएका मार्गलाई ‘युनिफिकेशन ट्रेल’का रुपमा संरक्षण गरिन्छ : उपप्रधानमन्त्री पोख्रेल

अ+ अ-

सिन्धुली । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले पृथ्वीनारायण शाहाले देश एकीकरणका बेला प्रयोग भएका मार्गलाई ‘युनिफिकेशन ट्रेल’ रुपमा संरक्षण गरिने बताएका छन् । यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीमा आज आयोजित २५२औँ विजयोत्सव समारोहमा उनले पदमार्गको संरक्षण गर्ने विश्वास दिलाए ।

उनले भने, ‘नेपाल एकीकरणको अभियानमा प्रयोग भएका देशभरी ऐतिहासिक पदमार्ग ती सबै पदमार्गलाई जोडेर ‘युनिफिकेशन ट्रेल’को अवधारण प्रस्तुत गरिएको र चाँडै कार्यान्वयन हुनेछ ।’ उप्रधानमन्त्रीले पोख्रेलले सिन्धुलीगढीको पुनःनिर्माण गर्ने जानकारी दिए ।

उनले राष्ट्रियताका विषयमा एकताबद्ध हुने सूत्र निर्माण गर्नु मुख्य उद्देश्य भएको बताए । सिन्धुलीगढी सङ्ग्रहालय यसैको उपज भएको भन्दै उप्रधानमन्त्री पोख्रेलले सिन्धुलीगढीलाई चिनाउने कृष्णविक्रम थापाको योगदानलाई सङ्ग्रहालयमा स्थान दिइने बताए ।

सिन्धुलीगढी नेपाली र नेपाली सेनाको जीवित इतिहास भएको भन्दै उनले पूर्वजले राज्यको विरासत र इतिहास संरक्षण र प्रवर्द्धन गर्दै भावि पुस्तालाई हस्तान्तरण गर्ने योजना पूरा गर्ने बताए ।

सिन्धुलीगढीलाई पर्यटन वर्ष २०२० मनाइरहँदा सिन्धुलीगढीलाई पर्यटकको प्रमुख गन्तव्य बनाउने उनको भनाइ छ । अहिले देशका प्रमुख १०० पर्यटन गन्तव्यस्थलमा रहेको र यहाँको सङ्ग्रहालय र दरबार निर्माणले पनि प्रमुख गन्तव्यका रुपमा विकास हुने उपप्रधानमन्त्रीले जानकारी दिए ।

उप्रधानमन्त्री पोख्रेलले भने, ‘सिन्धु्लीगढी सङ्ग्रहालय, दरबाको पुनःनिर्माण निर्धारित समयमा पूरा हुनेछ, राष्ट्रिय भावनालाई जागृत गराउने ऐतिहासिक स्थानका रुपमा सिन्धुलीगढी स्थापित हुनेछ र यस कार्यका लागि अहिलेको वर्तमान सरकार लागेको छ ।’ रक्षामन्त्री पोख्रेलले सिन्धुलीगढीको ठूलो गढीमा नेपाली झण्डा, झण्डोत्तोलन गरेका छन् ।

प्रदेश नं ३ का आन्तरिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले सिन्धुलीगढी दरबार पुनःनिर्माणका लागि प्रदेश सरकारले रु चार करोड रकम विनियोजन गरेको र आवश्यक रकमका सवालमा योजना बनाएर सहयोग गर्ने बताए ।

सिन्धुलीगढी सङ्ग्रहालयको शिलान्यास

यहास्थित युद्ध सङ्ग्रहालयको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले गरे । नेपाली सेनाको रु चार करोड ५० लाखको लागतमा निर्माण हुने सङ्ग्रहालयमा युद्धका बेला अङ्ग्रेज फौजलाई हराउन प्रयोग गरिएका हतियार तथा युद्धका समयमा प्रयोग गरिएका सामग्रीलाई व्यवस्थित तरिकाले राखिने भएको छ ।

प्रधानसेनापति पूणचन्द्र थापाले विसं १८२४ मा किनलाक नेतृत्वमा आएको अङ्ग्रेजी फौजलाई नेपाली पुर्खाले हराएको बताए । उनले नेपाली जन्मदै सदैव स्वतन्त्र हुन पाएको उल्लेख गर्दै युद्धमा प्रयोग गरिएको तोप सङ्ग्रहालय निर्माण भइसकेपछि यहीँ ल्याउने बताए । हाल सुकेटारमा तोप संरक्षित अवस्थामा रहेको र जिल्लावासीले विभिन्न समयदेखि यहाँको तोप सिन्धुलीगढीमा नै चाहिन्छ भन्ने माग गर्दै आएकाले सङ्ग्रहालय बन्ने बित्तिकै ल्याउने उनले बताए ।

कमलामाई नगरपालिकाको आयोजनामा भएको २५२औँ विजयोत्सवमा इतिहासविद् प्रा.डा त्रिरत्न मानन्धर, सिन्धुलीबाट निर्वाचित संविधानसभा सदस्य विषमलाल अधिकारी, मोहनप्रसाद बराल, निरु दर्लामी, सङघीय सांसद गणेशकुमार पहाडी, हरिबोल गजुरेल, प्रदेशसभा सदस्य, लेखनाथ दाहाल, प्रदीप कटुवाल, विनोद खड्का, बुद्धिमान माँझीलगायत नौवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यलगायत सर्वसाधारणको उपस्थिति थियो ।

विजयोत्सव मनाउन आज कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिकाले स्थानीय बिदा दिएका थिए । सिन्धुलीगढीको संरक्षणमा कसैको ध्यान नपुगेपछि सिन्धुलीगढीको संरक्षण, प्रचारप्रसार गर्न टेवा पुग्ने उद्देश्यले २०६७ सालबाट नेपाल पत्रकार महासंघको अगुवाइमा, तत्कालीन जिल्ला विकास समिति राजनीतिक दलले कात्तिक २४ गते उत्सव मनाउन शुरु गरेका थिए ।रासस