२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप छनोट : नेपाल कुवेतसँग १–० ले पराजित

अ+ अ-

काठमाडौं । विश्वकप फुटबलको छनोटमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको छ। भुटानको थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले २८ औँ मिनेटमा गोल खाएको हो। कुवेतका बादेर अल मुतवाले नेपाली डिफेन्सलाई छलाएर पोस्टको कर्नरमा प्रहार गरेको बल गोल भएको थियो।

यसअघि कुवेतमा नै खेलेको पहिलो लेगमा ७–० ले पराजित भएको नेपालले यसपटक सम्मानजनक नतिजा निकाल्न सक्यो।

घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रंगशालाको पुनर्निर्माण नसकिएकाले भुटानमा गरिएको हो। नेपाली भूमिमा दर्शकको साथमा खेल्न नपाए पनि अघिल्लो हारको तुलनामा नेपालको सुधारिएको प्रदर्शन भयो।

पहिलो लेगमा ७–० ले हार्नुभन्दा अघि नेपाल र कुवेतबीच गएको मार्चमा भएको दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्कोमा नेपाल १–० ले पराजित भएको थियो।

कुवेतसँगको खेलअघि भुटान जानुअघि नेपाली टिममा चार खेलाडीलाई अनुशासनहीन गतिविधि गरेकोभन्दै अखिल नेपाल फुटबल संघ ९एन्फा०ले राष्ट्रिय टिमबाट हटाएको थियो। स्ट्राइकर बिमल घर्ती मगरसहित विश्वकप छनोटमा नै चाइनिज ताइपेइलाई दुई गोल गरेका मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङ साथै डिफेन्डर दिनेश राजबंशीलाई टिमबाट निकालिएको थियो।

विश्वकप छनोटमा अहिलेसम्म ५ खेल खेलेको नेपालले १ खेल मात्रै जितेको छ।

नेपालले अब चैत १३ गते चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्ने तय छ। नेपालले अस्ट्रेलियासँग दशरथ रंगशालामा चैत १८ गते खेल्नेछ। यस्तै आउँदो वर्ष जेठ २२ गते दशरथ रंगशालामा नै जोर्डनसँग खेल्नेछ।
।।।।
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको थियो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।

दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।