११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धौलागिरि बहुमुखी क्याम्पसमा ‘बाउवा संघ–धबक्या शैक्षिक कोष’ स्थापना हुने

अ+ अ-

बलेवा । आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनबाटै बाहिरिने विद्यार्थीको सहयोगका लागि धौलागिरि बहुमुखी क्याम्पसमा ‘बाउवा संघ–धबक्या शैक्षिक कोष’ स्थापना हुने भएको छ । बागलुङ उद्योग वाणिज्य संघले आगामी पुसमा सञ्चालन गर्ने ‘बागलुङ महोत्सव–२०७६’ को आम्दानीबाट उक्त कोष खडा गर्न लागिएको हो ।

क्याम्पसको प्राङ्गणमा हुने महोत्सवको आम्दानीले क्याम्पससँग सहकार्य गरेर कोष खडा गर्न लागिएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए । गरीब र जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले कोष खडा गर्न लागिएको क्याम्पस प्रमुख प्रा डा.रामप्रसाद उपाध्यायले बताए ।

‘हामीले मैदान उपलब्ध गराएबापत केही रकम दिने मनसाय प्रकट गरेका थियौँ’, राजभण्डारीले भने, ‘क्याम्पस प्रशासनले आर्थिक क्षमता कमजोर भएका कारण पढाइ छोडेर हिँड्ने विद्यार्थीको सहयोगका लागि काम गरौँ भन्यो, सोहीअनुसार कोष खडा गर्न लागेका हौँ ।’ यस पटक रु ५ लाखको कोष स्थापना गर्ने र प्रत्येक महोत्सवमा यो कोषमा रकम बढाउँदै जाने सहमति दुवै पक्षबीच भएको छ ।

बागलुङमा उपयुक्त जग्गाको अभावका कारण प्रत्येक दुई वर्षको अन्तरमा हुँदै आएको महोत्सव धौलागिरि बहुमुखी क्याम्पसकै प्राङ्गणमा हुँदै आएको छ । यस वर्ष पुसको ११ देखि २० गतेसम्म महोत्सव आयोजना गरिएको छ । रु एक करोड ५१ लाख आम्दानी र एक करोड ३१ लाख खर्च हुने अनुमान गरेको संघले बचत रकमबाट विभिन्न सामाजिक कार्य गर्ने उद्घोष गरेको छ । त्यस्तै यो वर्षको महोत्सवमा बिक्री हुने टिकटबाट प्रतिटिकट ४ रुपैयाँ मानवसेवा आश्रम बागलुङलाई उपलब्ध गराउने महासचिव नरेश कँडेलले बताए ।

‘सडक मानवमुक्त बनाउने आश्रमको अभियानमा सानो भए पनि हामीले सहयोग गर्दैछौँ’, कँडेलले भने, ‘यो हाम्रो सामाजिक उत्तरदायित्व हो ।’ केही वर्ष पहिले बागलुङ नगरपालिकासँगको सहकार्यमा बागलुङ बजारमा सिसिक्यामेरा जडान गरेको संघले पुराना क्यामेराको मर्मत र केही नयाँ क्यामेरा जडानको योजना पनि बनाएको छ । त्यसका लागि खर्चको प्रबन्ध पनि महोत्सवको आम्दानीबाट गरिने छ ।

पत्रकार महासंघ बागलुङसँग यसअघिकै महोत्सवमा सहकार्य गरेको संघले यस वर्षको आम्दानीबाट ‘आर्थिक पत्रकारिता खोजमूलक पुरस्कार कोष’ स्थापना गर्ने घोषणा गरेको छ । ‘हामीले आर्थिक गतिविधिका विषयमा खोजमूलक सामग्री तयार गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने योजना बनाएका छौँ’, महासचिव कँडेल भन्छन्, ‘पत्रकार महासंघसँग सहकार्य गरेर यो कोष सञ्चालनमा ल्याइने छ ।’

कोष सञ्चालनका लागि कार्यविधि बनाउने र हरेक महोत्सवमा कोषको रकम वृद्धि गर्दै जाने उनले बताए । संघले धौलागिरि बहुमुखी क्याम्पसमा सौर्य ऊर्जाको जडान र व्यवसायीलाई वित्तीय साक्षरता तथा ‘हाम्रो बागलुङ, समृद्ध बागलुङ’ विषयक बहस कार्यक्रम गर्ने पनि योजना सार्वजनिक गरेको छ ।

२ सय स्टल राखेर २ दर्जन बढी प्रतियोगिता आयोजना हुने महोत्सवको तयारी तीव्र बनाइएको उपाध्यक्ष राजनकुमार शाक्यले बताए । पहिलेका महोत्सवमा भन्दा यस वर्ष केही प्रतियोगितात्मक कार्यक्रम र प्याराग्लाइडिङलगायतका आकर्षण थपिने छन् । आयोजकले कला संस्कृतिको संरक्षण र पर्यटनको प्रवर्द्धनमा महोत्सवले टेवा पुर्‍याउने बताएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को उद्घाटन पनि महोत्सवकै अवधिमा गरिने अध्यक्ष राजभण्डारीले बताए ।रासस

प्रतिक्रिया दिनुहोस