२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले नराम्रो काम एउटा गरेको छैन, नराम्रो देख्ने आँखा नै नराम्रा हुन् : मन्त्री बाँस्कोटा

अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले गरेका काम सबै राम्रा भएको दाबी गरेका छन् ।

सरकारका निर्णय सुनाउन बिहीवार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उनले सरकारका काम नदेख्ने आँखा नै नराम्रो भएको दाबी गरे ।

‘नराम्रो काम एउटा गरिएको छैन, नराम्रो देख्ने आँखा नै नराम्रा हुन्,’ प्रवक्ता बाँस्कोटाले भने, ‘राम्रा कुरा नदेखाइदिने, नराम्रो मात्र लेखिदिने हातहरूबारे पनि प्रश्न छ मेरो ।’

उनले सरकारले दुई वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं सम्बोधन गर्ने बताए ।

‘शायद भोलि या पर्सी्तिर प्रधानमन्त्रीज्यू आफैंले सम्बोधन गर्नुहुनेछ,’ उनले भने, ‘त्यहाँ चाहिँ तपाईंहरूले इमान्दारीपूर्वक लिनुस् र क्रस चेक गर्नुस् ।’

बाँस्कोटाले यो दुई वर्षमा आधारभूत रूपमा देश सु–सम्पन्न भएको तर्क गरे ।

‘विधिको शासन बलियो भयो भन्ने हाम्रो दाबी छ,’ उनले भने, ‘रुल अफ ल को इन्डेक्स २ स्थान माथि पुगेको छ । त्यसैगरी भ्रष्टाचारसम्बन्धी सूचकांकमा पनि हामी अघि आएका छौं । सुखी नेपाली समृद्ध नेपालको नाराले नतिजा देखाउन थालेका छ ।’

उनले जनताको जीवनस्तर पनि माथि उक्लिएको बताए । उनले शान्ति सुव्यवस्था सुध्रेको तर मान्छेहरूले एउटा घटनालाई लिएर सरकारमाथि आलोचना गर्ने गरेको भन्दै असन्तुष्टि पोखे ।

‘एउटा केसमात्र सम्झना हुन्छ, त्यो हजारपटक स्पष्टीकरण दिइयो,’ प्रवक्ता बाँस्कोटाले भने । बाँस्कोटाले रेल यही वर्षभित्र कुद्ने बताए । उनले महासागरमा नेपालको झण्डा बोकेर पानीजहाज छिटै तैरिने बताए ।

‘हिन्द र प्रशान्त महासागरमा पोर्टहरू लिइसकेका छौं,’ उनले भने, ‘यो एकैचोटी सयवटा चल्दैन होला नि त ! बिस्तारै हुने होला ।’