काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरामी भएका छन्।
रुघाखोकी लागेकै कारणले उनले मंगलबारदेखि सबै भेटघाटका कार्यक्रम बन्द गरेका छन्।
‘त्यस्तो धेरै ठूलो समस्या केही पनि होइन। सामान्य रुघाखोकी मात्रै हो’ स्रोतले भन्यो, ‘केही दिन घरमै आराम गरेर बस्न लाग्नुभएको हो। अरुसँग भेटघाट समेत नगर्ने भन्नुभएको छ।’







