२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरक फाल्दैछन्

अ+ अ-

मैले लौ हेर के के गर्छु भनेकै हो
हो मैले जुन तारा झार्छु भनेकै हो
मैले तिम्रो उपहास गरेकै हो साथी !
आहा ! परिहासमै
मैले औकातभन्दा ज्यादा पाएकै  हो

मलाई भ्रम थियो,  कदाचित अद्यापि  छ
नानीदेखि लागेको आदत हो के गरुँ
मलाई बगरे बतास लागेकै हो
अहो ! कसरी अस्वीकार गरुँ ?
बेलगाम तित्रो बासेकै हो

म झक्कड झक्कले अक्कड प्रचण्ड
म झङ्कृत भई प्रमादमा झटारो हानेकै हो
हो म झक्की तिमी झौतौरे ! झरी बनी तिमीलाई
नसुक्नेगरी भिजाउने यत्न गरेकै हो
मैले फू गरे पहाड पल्टन्छ, फत्तुरको फूर्ति झारेकै  हो

मैले भने के हुन्न ? मैले अह्राए को मान्दैन ?
हो म उन्मादी झुला झुलेकै हो
जुनेली रातमा गगनतिर नियाल्दा
मलाई लाग्थ्यो साथी ! यी मेरै प्रतापले प्रकाशित छन
सेता शुभ्र उच्च हिमाल हेर्दा
माया लाग्थ्यो ! मबिना यी कसरी उभिएलान ?

किन्तु
हाय कुभाग्यका कुदिनहरु !
आज मेरै उपहास ? मैमाथि यो निर्मम परिहास
मैले बूढो पोथीसरी
ओथारो बसी जोगाएका चल्लाहरु !
आज कति कलुषित  ?
दुर्नाम यथाजात् कुलङ्गारहरु
मेरो तमासा बन्दैछन वीभत्स नग्नताहरु
संकटमा राष्ट्र चीत्कार गर्दा
यी दुर्नाम कर्णभन्जक गाना गाउँदै छन

मलाई थाहा थिएन साथी
मलाई किन्चित विश्वास थिएन
कि
मलाई पनि साढेसाती लाग्ला
मलाई दम्भ थियो मेरा सफा शुभ्र सुदिनहरु
साश्वत सनातन अनन्त हुन
मलाई भरोसा थियो मेरा जति मेरै हुन
मैले खा भने मात्र खान्छन
किन्तु
खान त बिर्से तर ज्युनार गर्न सिकेछन
हा यो दुर्दिन !
साखुल्ले बनी मेरै महायात्राको सर्जाम गरेछन

म काम भन्छु यी खाम सुन्छन
म नाम भन्छु यी हाम सुन्छन
जब म समृद्धि भन्छु
मेरै अनुचरहरु स्वयंवृद्धि सुन्छन
त पनि अहो यो माया ! यो आसक्ति
धुम्राच्छादित म यिनैलाई धुरन्धर ठान्छु

खै मैले रोपेको बीज उम्रेन !
बरु
निष्कर्म छट्टुहरु निष्पत्ति भए
यी मेरा तुरग ब्रह्मचारी मलिन मुल्याहाहरु
मेरै तुनिया तान्न तल्लीन छन
अघासुरहरु हरक फाल्दै छन
मेरा यी बेकाम तुरुपहरु !
तथापि
अनुराग छ प्यारा छन राष्ट्रकै बखिया च्यात्नेहरु

मलाई उपदेश दिन्छ कोही , सल्लाह दिन्छ
मलाई मेरो (!) शुभचिन्तक जुर्मुराउँदै भन्छ
“मृत्युन्जय होइनस् , सनातन साश्वत होइनस्
अब दु:साध्य भयो परित्याग गर्
साथी थोरै मृदुता देखा , मैदान छाड्”
परन्तु
मलाइ आफ्नै (?) धीरोद्धत शुभचिन्तक भन्छ
“नछाड् ! तुरही बजाइराख्”

म सपथ खान्छु साथी ! साँचो साँचो भन्छु
मैले सच्चा सच्चा सपना पनि देखेको हो
मेरो अभ्युदयमा राष्ट्रोदय चाहेको  हो
किन्तु उन्मत्ततामा
प्राकृतिक होइन वैकृतिक विकल्प छानिएछ
शक्तिको प्रमादले
अहो ! सारा प्रयत्नहरु भग्नावशेष बने
आज कताकता महसुस हुन्छ साथी पोल्छ
स्वार्थी मित्र नै सर्वप्रधान शत्रु  हो
तथापि
मेरो अस्तित्वले सत्यलाई आत्मसात गर्न मान्दैन
हा ! मेरो जिद्दी उन्माद र अक्कड कठोरता !
मेरो माथ झुक्न जान्दैन टुट्न मान्दैन