१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना विशेष अस्पतालमा आइसोलेसनकक्षको सेवा शुरु

अ+ अ-

जाजरकोट । छिमेकी जिल्ला रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा १० दिनमा निर्मित कोरोना विशेष अस्पतालमा आइसोलेसनकक्ष सञ्चालनमा आएको छ ।

सो कक्षको बिहीबार उद्घाटन कार्यक्रममा टेलिफोनबाट मन्तव्य दिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य एवं सांसद् जनार्दन शर्मा ‘प्रभाकर’ ले जिल्लाका स्थानीय तहले कोरोनाको महामारीविरुद्ध लड्न गरेको प्रयासको प्रशंसा गर्दै विपत्तिसँग जुध्न रुकुमबाट एउटा अभियान शुरु भएको बताए ।

सङ्घीय सरकार र प्रदेश सरकारको नजर नपुगेको विकट ठाउँमा पनि १० दिनमै सुविधायुक्त अस्पताल निर्माण गरेर नगरपालिकाले प्रशंसनीय काम गरेको उनको भनाइ छ । देशका सबै पालिकाले यसरी नै तदारुकताका साथ भौतिक संरचना निर्माणलाई तीव्रता दिएपछि समृद्धि टाढा नभएको उनले बताए ।

उनले श्रम सहकारीमार्फत जिल्लाका आठविसकोट, चौरजहारी र मुसिकोट नगरपालिकाले कोरोना भाइरसविरुद्ध लड्न आइसोलेसन निर्माण गरेको बताए । यहाँले जिल्लाका कुनै पनि स्थानीय तहमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिने भन्दै स्वास्थ्यको क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएर अघि बढ्ने दाबी गरे ।

जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले १० दिनमै आठकोठाको सुविधायुक्त कोरोना विशेष अस्पताल आइसोलेसन निर्माण गरेको भन्दै प्रशंसा गरे । उनले विपत्तिको सामना गर्न नगरपालिकाले एउटा गतिलो हतियार तयारी पारेको भन्दै सबैले नगरपालिकाले देशकै उदाहरणीय काम गरेको दाबी गरे ।

प्रमुख शर्माले जनताको सक्रियातामा नगरपालिकाले सुविधायुक्त आइसोलेसनकक्ष निर्माण गर्न सम्भव भएको भन्दै जनता र सरकार एकताबद्ध भएर मात्रै महामारी र विपत्तिको सामना गर्न सकिने बताए। कोरोना भाइरसको महामारीले एउटा नयाँ पाठ सिकाएको उल्लेख गर्दै उनले विपत्तिसँग लड्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिए ।

उद्घाटन भएसँगै कोरोना विशेष अस्पताल आइसोलेसन कक्षबाट सेवा सञ्चालन भएको छ । शुरुमा १२ श्ययाको आइसोलेसन बनाउने भनिए पनि अहिले आइसोलेसनमा थप तीनसहित १५ श्यया राखिएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार आइसोलेसनकक्षमा बिरामीका लागि छ सुविधासम्पन्न कोठा, स्वास्थ्यकर्मीको छुट्टै वार्ड तथा जनरल वार्ड र आइसीयू पनि राखिएको छ । साथै प्रत्येक कोठामा अक्सिजन र तातोपानीको व्यवस्था भएको र अब कोरोना तथा कुनै पनि सरुवा रोगका बिरामीलाई सजिलै उपचार सेवा प्रदान गर्न सकिने नगरप्रमुख केसीले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस