काटमाडौँ । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
उनको दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सेप्टेम्बर ११ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो । ६५ वर्षका अङ्गडीले आफै ट्वीट गरेर संक्रमणको जानकारी गराएका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्गडीको निधनबारे जानकारी दिँदै ट्वीटमार्फत दुःख व्यक्त गरेका छन् ।