२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बयर खान खोज्दा दुवै हात गुमाएका सतीशको कृत्रिम हात राख्ने सपना

अ+ अ-

डोटी । दुवै हात कुहिनो भन्दा तल काटिएका छन्, अनुहार मलिन छ । उनको ओठको मुस्कान खोसिएको छ, अनुहारमा झिँगा बस्दासमेत अरूले धपाउनु पर्ने अवस्था छ । तर उनले हिम्मत भने हारेका छैनन् । करेन्ट लागेर दुवै हात गुमाएका डोटी शिखर नगरपालिका–१० बानेडुंग्रीसैनका १२ वर्षीय सतीश सँग सपना भने अझै बाँकी छ । उनी पढ्न चाहन्छन्, पढेर ठुलो मान्छे बन्न चाहन्छन् । तर दुवै हात छैन उनीसँग । उनले अचेल कृत्रिम हातको सपना देखेका छन् ।

एक वर्ष पहिले बिद्युतको करेन्ट लागेर जलेका सतीशले कृत्रिम हात देखेका छैनन्, न त उनको परिवारले नै देखेको छ । तर उपचारका क्रममा चिकित्सकहरूले भनेको सुनेका उनीहरू कृत्रिम हातको सपना देख्न थालेका छन् ।

‘नयाँ हालत राख्यो भने लेख्न सकिन्छ रे’ सतीश भन्छन् ‘त्यसपछि त म पढ्न विद्यालय गई हाल्थे ।’ उपचारका क्रममा कृत्रिम हात हाल्न पाइने खबरले सतीशको परिवारमा थोरै आशाका किरण ल्याएको थियो तर लाग्ने खर्चले उनको त्यो आशा छिनभरमै निराशामा परिणत गरिदियो ।

‘त्यो हात राख् नसके पढ्न–लेख्न र केही खाना खान पनि सहयोग हुन्छ रे’ सतीशकी आमा बिष्नादेवी भन्छिन् ‘ छोराको जीवन सहज हुन्थ्यो की भन्ने आशा थियो तर त्यो खर्च मैले धान्न सक्दिन ।’

सतिशका आफन्तहरूले कृत्रिम हात हाल्न ५०–६० लाख रुपैयाँसम्म लाग्ने सुनेका छन् । न पुर्ख्यौली सम्पत्ति छ, न आम्दानीको कुनै स्रोत नै । मेलापात गरेर जीवन धान्ने बिष्नाकालागि यो रकम सोच्न पनि नसकिने छ । सतीशको कृत्रिम हात राख्नका लागि सहयोग गरिदिन उनकी बजै कलुले अपिल गर्छिन् । आँगनमा सञ्चारकर्मीहरूको टोली देखेपछि उनले डोटेली भाषामै भनिन् ‘तपाईँहरूले भनिदिनु भए त सहयोग पाइन्थ्यो कि !’ उनी थप्छिन् ‘बेसहाराको भगवान् सहारा हुन्छ भन्छन् । हामलाई पनि कोही भगवान् सहारा अवश्य देला ।’

यस्तो थियो घटना
२०७६ साल कात्तिक १६ गते, दिउसो करिब २ गते सतीश सेती नदीको किनारमा बाख्रा चराउँदै थिए । बाख्रा चराउँदै साथीहरू सँग खेल्दै गर्दा उनको नजर पाकेको बयरको झाङमा ठोक्कियो । उनी बयर खाने भन्दै हत्त न पत्त कुदि हाले । उनले बयरको झाङ छोएका मात्रै के थिए, हात चिप्किए । त्यसपछि के भयो उनलाई जानकारी छैन ।

होस बेहोस मै उनको करिब एक साता गयो । जब उनलाई पूर्ण होस आयो, तबसम्म उनका दुवै हात उनीबाट अलग भई सकेका थिए ।
दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने भनी २०७१ साल असार २९ गते सम्झौता भएको बानेडुंग्रीसैन मोटरेवल पुल निर्माणका लागि बिद्युत् आपूर्ति गर्न राखिएको ट्रान्स मिटर सँग बयरको झाङ छोइएको रहेछ । जमिनमै राखिएको ट्रान्समिटरलाई न त घेर वार गरिएको थियो, न वरिपरिको झाङ काटिएको थियो ।

सम्झौता भएको ६ वर्ष पुरा हुँदा पनि पुल कहिले बन्छ भन्ने त टुङ्गो छैन तर बिद्युत् प्राधिकरण र पुल निर्माता कम्पनी राजेन्द्र निर्माण सेवाको लापरबाहीले सतीशलाई यस्तो उपहार दिएको छ । ‘उपचारका लागि स्थानीय अस्पताल हुँदै काठमाण्डौंसम्म पुग्यौँ’ सतीशका बाजे नाता पर्ने तारासिंह ठगुल्ला भन्छन् ‘डाक्टर सावहरुले ज्यान त बचाउन सक्नुभयो तर अधुरै ।’ उनी भन्छन् ‘कलिलै उमेरमा दुवै हात गुमाएको यो वालकले जीवन कसरी बिताउँछ भन्ने चिन्ता लागि रहन्छ ।’

उपचारमा सात लाख रुपैयाँ खर्च भएको बत्ताउँछन् सतीशका काका नाता पर्ने राजेश ठगुल्ला । ‘उक्त रकम राजेन्द्र निर्माण सेवाले दियो दिन त तर कहिले २० हजार कहिले ५० हजार गरेर’ राजेन्द्रले भने ‘उपचार गर्दा आफन्तहरूसँग सापट माग्दै काम चलायौँ ।’ बिद्युत् प्राधिकरणले उनीहरूलाई एक सुको पनि क्षतिपूर्ति नदिएको आफन्तहरूको गुनासो छ । घटना भएको तीन दिनभित्र निवेदन दिनु पर्नेमा तोकिएको समयमा निवेदन आएकोले अव क्षति पूर्ति दिन सकिन्न भन्यो’ राजेश भन्छन् ‘हामी बच्चाको उपचारमै लाग्यौँ, निवेदन दिनु पर्छ भन्ने न त थाह थियो, न हतारमा त्यति ध्यान भयो ।’

बुवाकहाँ छन्, पत्तो छैन
एउटै दुःख बज्रिएको होइन सतीशको परिवारमा । सतिश चार वर्षका मात्र थिए, उनका बुवा योगेन्द्र ठगुल्ला रोजगारीका लागि भारत पसेका थिए ।

सानै उमेरदेखि भारत आउजाउ गर्ने योगेन्द्र आठ वर्ष भयो, कता छन् भन्ने पत्तो छैन । श्रीमानले पैसा कमाएर ल्याउला भन्ने आशै आसमा बिताइन् योगेन्द्रकी श्रीमती बिष्नादेवीले आठ वर्ष । उनी रातदिन मेलापात गरेर आफू र छोरो–छोरीको मुखमा माड लाउन सफल हुन्थिन् । तिनै सतिशले घरायसी काममा आमालाई सघाउँथे । तर जब सतिशले पनि हात गुमाए बिष्नाझन सहारा विहीन भएकी छिन् ।

“आठ वर्ष भइसक्यो, न कुनै खबर छ न फर्किनु भयो” निन्याउरो अनुहार बनाउँदै विष्नाले ‘आज आउनु होला, भोलीआउनु होलाभन्दै आठ वर्ष बिताएँ ।’ छरछिमेकमा भारतबाट आएकाहरू देख्ने बित्तिकै बिष्ना र छोरोहरूले बाटो हेर्न भने छोडेका छैनन् ।

लामो समयसम्म श्रीमान् बिछोडिँदा आमा बुवा दुवैको जिम्मेवारी बहन गर्नुको पीडा त बिन्नाले छोराहरूको अनुहार हेर्दै बिर्सिने प्रयास गर्थिन् तर तिनै छोराका ठुटा पाखुरा देख्दा उनी झन् भक्कानिन्छन् । तर के गर्नु, अभिभावक भएको नाताले सम्हालिनु बाहेक अर्को उपाय छैन उनीसँग । बिष्नाका लागि आफ्नो जीवन अहिले फलामै च्यूरा जस्तै वनेको छ । उनी आशु पिएर जिउने प्रयास गर्दै छिन् ।

सतीशकी हजुरआमा कलुदेवी ठगुल्ला ६१ वर्षकी भई सकिन् । कलिलै उमेरमा श्रीमान् गुमाएकी कलुले दुःख गरेर दुई छोरी एक छोरा हुर्काइन् । छोरा भारतमै हराए पछि नातिको अनुहार हेरेर चित्त बुझाउँथिन् । तर जब नातिका दुवै हात गुमे, अचेल उनी नातिको अनुहार हेर्दा झन् भक्कानिन्छिन् । उनी भन्छिन् ‘मैले कुन जुनीमा पाप गरेकी रहेछु र यो जीवन भरी दुःख सहनु प¥यो ।’ उनी मर्ने वेला नातिको दुःख देखेर मर्नु पर्ने अवस्था आएकोप्रति बढी चिन्तित छिन् ।