काठमाडौँ । कैलालीमा चरेससहित कटुवा पेस्तोल बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुईंयाफाँटाको टोलीले कैलारी गाउँपालिका–७ को पुरानो भुईयाफाँटा तीनकुनेको सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल र एक किलो ५० ग्राम चरेस बरामद गरिएको जनाएको छ ।
सशस्त्र प्रहरीकाअनुसार शुक्रबार सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा पेस्तोल र लागुऔषध चरेस फेला परेको थियो । बरामद सामग्री थप अनुसन्धान स कारवाहीका लागि शनिबार नेपाल प्रहरीलाई बुझाइएको छ ।






