२१ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी र हिमपहिरो प्रभावितप्रति उपत्यकावासीको ऐक्यबद्धता, राहत र पुनर्निर्माणमा राज्यको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति काठमाडौं उपत्यकाका नागरिकहरूले दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन् । 

नेपाल–चीन सीमा क्षेत्रमा गएको हिमपहिरो र हिमताल विस्फोटपश्चात् भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा पुर्‍याएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति काठमाडौं उपत्यकाका नागरिकहरूले गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका हुन् । उपत्यकाका नागरिकहरूले आइतबार बिहान काठमाडौंमा सामूहिक ऐक्यबद्धता र्‍यालीको आयोजना गर्दै दुःख व्यक्त गरे । विनाशकारी महाविपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी कार्यलाई राज्यले उच्च प्राथमिकता दिन माग गरेका छन् । बेपत्ताको खोजीका लागि अधिकतम स्रोत–साधन, जनशक्ति तथा आधुनिक प्राविधिक र वैज्ञानिक विधिको प्रयोग गर्न सरकारसँग आग्रह गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा फेला परेका शवहरूको सनाखतमा जटिलता देखिएको उल्लेख गर्दै नागरिक समूहले सबै शवको सम्मानजनक व्यवस्थापन र वैज्ञानिक अभिलेखीकरण गर्न ध्यानाकर्षण गराएको छ । शवको पहिचानका लागि डीएनए लगायतका जैविक नमुनाहरू सुरक्षित राख्न र परिवारबाट नमुना संकलन गरी समन्वय गर्न राज्यले देखाएको तत्परताको स्मरण गर्दै पहिचानपश्चात् शव हस्तान्तरण प्रक्रियालाई मानवीय संवेदनशीलताका साथ सरल र सहज बनाउन अनुरोध गरिएको छ । 

संकटको यस कठिन समयमा आफ्नो ज्यानको प्रवाह नगरी उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय उद्धारकर्मी, चालक, प्राविधिक तथा स्वयंसेवकहरूको योगदानको वक्तव्यमार्फत उच्च सम्मान र प्रशंसा गरेका छन् । 

महाविपद् प्रभावित क्षेत्रका नागरिकको पुन:स्थापना र पुनर्निर्माण कार्यलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राख्न राज्यसँग माग गरिएको छ । आवास र जीविकोपार्जन गुमाएकाहरूको पुन:स्थापनामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै क्षतिग्रस्त सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सञ्चार जस्ता आधारभूत पूर्वाधारहरू यथाशक्य छिटो निर्माण गर्न आग्रह गरेका छन् । पुनर्निर्माणका क्रममा मानव सुरक्षा, वातावरणीय संवेदनशीलता र भविष्यमा आउन सक्ने विपद् जोखिम न्युनिकरणलाई विशेष ध्यान दिनुपर्ने उल्लेख छ । उपत्यकाका नागरिकहरूले शोकलाई शक्ति र सहयोगमा रूपान्तरण गर्ने संकल्प गर्दै प्रभावित परिवारसँग ऐक्यबद्धता प्रकट गरेका छन् । कठिन परिस्थितिमा एक–अर्कालाई सहयोग गर्नु नै मानवीय धर्म र नेपाली पहिचान भएको उल्लेख गर्दै सुरक्षित नेपाल निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ । 

0 Comments