काठमाडौँ। नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ४ जना घाइते भएका छन् ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरका अनुसार बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएका छन् ।
घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको उनले बताए । थप क्षतिको विवरण आउन बाँकी छ।







